X (current)

मुआब्जा प्रति असन्तुष्टि जनाउदै आएका गोर्खा र धादिङका स्थानीयहरुले बुढिगण्डकी जलविद्युतआयोजनालाई जग्गा धनी पुर्जा बुझाउन सुरु

  Bikaspost   8 January, 2020


धादिङ । सरकराले तोकेको मुआब्जा प्रति असन्तुष्टि जनाउदै आएको धादिङ र गोर्खाका बुढिगण्डकी डुवान प्रभावीत क्षेत्रको स्थानीयहरुले मुआब्जाका लागी जग्गा धनी पुर्जा आयोजनलाई बुझाउन थालेका छन् ।

                पछिल्लो समय मुलुकमा उर्जा विकासले अत्यान्त गतिको लिएको र यो विकासको आधार मध्य एक भएकाले गर्दा  आफुहरुले कुनै बाधा पु¥र्याउन नहुने  भन्दै स्थानीयहरुले मुआब्जाका लागी जग्गा धनी पुर्जा आयोजनालाई दिन  सुरु गरेका हुन् ।

                 यससंगै बुढिगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरणको कामले झनै तिब्रता पाएको छ ।

                 विषेस गरी गोर्खाको आरुघाट र धादिङको विशालटार खहरेलगाएतका मुख्य ब्यपारीक केन्द्रमा पर्ने जमिनको मुआब्जा कम तोकेको प्रति असन्तुष्टी जनाउदै त्यस क्षेत्रका स्थानीयहरुले विरोध गर्दै आएका थिए ।

                 बुढिगण्डकी आयोजनासंग  स्थानीयहरुले मुआब्जा स्वरुप पाएको रकमको पुजीगत लाभा  कर नलिन आग्रह गरेको  र सोही अनुसार केन्द्रमा सिफारीस गरे पनी आयोजनाले जनाईएको छ ।

                                 राष्ट्रिय गौरवको आयोजनाको रुपमा मानियको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा असन्तुष्टि जनाउदै आएका गोर्खा र धादिङ जिल्लाका स्थानीयहरुको  तिन हजार कित्ता जमीनको मुआब्जा रकम तिरण गर्न बाँकी रहेको थियो ।

                ति मध्य गोर्खाको साठी प्रतिशत र  धादिङको करिव ३५ प्रतिशत जग्गा धनीहरुले मुआब्जाका लिनका लागी जग्गा धनी पुर्जा आयोजनामा वुझाई निवेदन दिएका छन् ।

                दुबै जिल्लामा गरी मुख्य ब्यपारीकम केन्द्रका धादिङपट्टी दुई हजार कित्त र गोर्खा पट्टी एक हजार गरी ति हजार कित्ता जमीन रहेको छ ।

                 बुढिगण्डकी जलविद्युत आयोजनाले ५८ हजार रोपनी जमीन अधिकरण गर्नु पर्ने डिपिआरमा  उल्लेख गरिएको छ ।

                हालसम्म गोर्खा र धादिङका गरी  ४६ हजार रोपनी जग्गा अधिकरण गरी २७ अरव ३१ करोड रुपैया मुआब्जा वितरण गरेको बुढिगण्डकी जलविद्युत आयोजनाका वाताबरण मुआब्जा वितरण पुर्नवास तथा पुरर्नस्थापना ईकाईका संयोजक  कृष्ण बहादुर कार्कीले बताउनु भएको छ ।

                 उहाँले पुर्नवासका कार्यक्रमहरु पनी अब छिटै लागु हुने जानकारी दिनु भएको छ । घर गोठ फलफुल बगैचालगाएत रुख विरुवाका मुल्याकनको काम पनी तिब्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस