X (current)

मुगुमा बस दुर्घटना, २६ जनाको मृत्यु

  Bikaspost   12 October, 2021


काठमाडौं ।मुगुमा मंगलबार भएको बस दुर्घटनामा २६जनाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताउनुभयो । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

 

प्रतिक्रिया दिनुहोस