X (current)

यस वर्ष धादिङमा सुन्तालाको उत्पादनमा निकै कमी

  Bikaspost   27 December, 2019


धादिङ । यस वर्ष धादिङमा सुन्तालाको उत्पादनमा निकै कमी आएको छ  ।
सुन्तालाको पकेट क्षेत्र मानिएको स्यादुल, जोगिमारा, धुषा, महादेवस्थान लगाएतका स्थानहरुमा  गरिएको सुन्ताला खेतीमा बोट सुक्ने रोगको प्रकोपले महामारी कै रुप लिए पछी सुन्ताला उत्पादन घटेको हो । तुलनात्मक रुपमा यस वर्ष सुन्तालाको उत्पादन पचास प्रतिशतले घट्ने अनुमान गरिएको छ ।
सुन्तालामा पहिले सामान्य बोट सुक्ने रोग देखापरे पछी किसानहरुले रोगको उपचार गरेको भए पनि उपचार नै नलागेका कारण यस्तो अबस्था आएको हो ।
सुन्तालको बोट पहेलिदै जाने विस्तारै हाँगा सुक्ने र पछी जरानै कुहीने रोगका कारण धेरै जसो किसानहरुले लगाएको सुन्ताला सखाप नै भएको छ ।
ति स्थानहरुमा किसानले लगाएका सुन्तालको  बोटहरु सुकेर मरेका छन् ।  
फलेका बोटहरु पनि सुन्ताल नै सानो सानो र अमीलो फलेको किसानहरुले बताएका छन् । ति सुन्तालाहरु विक्रिका लागी योग्य नभएको समेत उनिहरुको भनाई छ ।
कता कतैका गाँउहरुमा फलेको र राम्रो भएका सुन्ताल पनि मंसिरको पहीलो हप्ताबाट नै पाकेर पहेलै भए पछी झनै मुल्यमा गिराओट आउन सक्ने चिन्तामा किसानहरु परेका छन् ।
गत वर्ष दश पन्द्र लाखको सुुन्ताला विक्रि गरेको किसानले यस वर्ष पाँच छ लाख पनी आम्दानी लिन नसक्ने बताएको छ  ।


  सुन्ताला खेतीमा रोगको प्रकोपका कारण   उत्पादन विग्रदो भए पछी त्यसको विकल्पमा अन्य खेती गर्नका लागी सहयोगको माग समेत किसानहरुले सरोकारवाला निकायसंग गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस