X (current)

रकम लिएर ठेकेदार बेपत्ता भए पछी आदर्श बुहुमुखी क्याम्पस भवन अलपत्र

  Bikaspost   2 July, 2020


धादिङ । ठेकोदार कम्पनीले गरेको लापरवाही र ढिला सुस्तिका कारण  निर्माण सुरु भएको चार वर्ष वित्दा समेत गजुरी गाउँपालीका स्थित गजुरीमा रहेको आदर्श बुहुमुखी क्याम्पसको भवन निर्माण सम्पन्न हुन सकेको छैन ।
भवन अलपत्र अवस्थामा छ , भने ओर पारका स्थानहरु  झाडीमा परिणत भएको छ ।
क्याम्पस भवन निर्माणको जिम्म दिएको ठेकेदार कम्पनी विगत तिन वर्षदेखी सम्पर्क विहिन भए पछी समस्या उत्पन्न भएको हो ।
क्याम्पसको भवन नभएका कारण कक्षा संञ्चालनमा समेत निकै कठिनाई उत्पन्न भएको क्याम्पस प्रशसनले जनाईएको छ । पैसा लगेको तर काम नगरेर अलपत्र छाडिदिएका कारण ठेकेदार कम्पनीलाई कारवाही गर्नु पर्ने माग समेत सरोकारवाला निकायसंग क्याम्पस प्रशासनले राखेको छ ।
यसो त भवन कुन मोडलको छ भन्ने विषयमा पनी क्याम्पस प्रशासन अनविज्ञ रहेको बताएको छ ।
जिल्ला समन्वय समिती धादिङसंग भवनको नमुना लगाएत सम्पुर्ण कागाजाद रहेको र अहिलेसम्म क्याम्पस प्रशासनलाई नदिएका कारण यस्तो अबस्था आएको हो ।
भारतीय दुतावासको चारक करोड ८२ लाखको लागतमा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरी शिवाको र बस्नेत निर्माण कम्पनीलाई संयुक्त रुपमा कामकोे  जिम्मा दिईएको हो ।
३२ कोठा भएको दुई तल्ले भवनको करिव पचास प्रतिशत काम मात्र सम्पन्न भएको छ । भवन निर्माणका लागी सम्झौता २०७४ सालमा नै गरेको थियो ।
समयमा नै काम हुन नसक्दा भवनमा जडान गरेका  झ्याल ढोका पानीका कारण विग्री सकेको छ ।
निर्माण कम्पनीले अन्तिम पटक ९२ लाख लिई गएको  र त्यसपछी ठेकेदार नै फरार रहेको क्याम्पस प्रशासनले जानकारी दिईएको छ । तिन सय विद्यार्थी अध्यान गर्न आउने उक्त क्याम्पसमा अहिले कक्षा कोठोको अभावमा पठन पाठन समेत प्रभावीत भएको छ । गजुरी आदर्श बहुमुखी क्याम्पसमा शिक्षा , ब्यवस्थापन संकाय को स्नातक र स्नाकोत्तर तहको पठनपाठन हुदै आएको छ । दक्षिणी धादिङको धुनीवेशी नगरपालीका, गल्छी,गजुरी र बेनीघाट रोराङ्गका स्थानीय विद्यार्थीहरु अध्यानका लागी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस