X (current)

राजमार्ग मर्मतको काम सुरु अब यात्रुहरुले पहिरोका कारण जाममा बस्नु नपर्ने

  Bikaspost   29 June, 2021


धादिङ । वर्षातका कारण भत्कीएको पृथ्वी राजमार्गमा यात्राका क्रममा समस्या आउन नदिनका लागी सडक विभागले मर्मतको काम सुरु गरेको छ ।
खास गरी वर्षादले बगाएर ल्याएका लेदो माटोका कारण सडकको नाला पुरिन गई सडकमा हुन गएको क्षतीलाई मध्यनजर राख्दै अहिले नाला सफा गर्ने र पहिरो आएका स्थानहरमा पहिरो हटाउने काम भई रहेको हो । यसो त अब राजमार्गमा वर्षातका कारण पहिरो आएमा पनी यात्रुहरुले धेरै समय जाममा बसेर सास्ति भोग्नु नपर्ने भएको छ ।
राजमार्ग सुचारु गराउनका लागी ठाँउ ठाँउमा ठुला मेशिनहरु चौविसै घण्टा राख्ने ब्यवस्था मिलाएको साईड सडक कार्यालय गजुरीले जनाकारी दिईएको छ ।
पुरीएका नालाहरु अब खौल्ने काम भई रहेकोले सडकमा खासै समस्या नआउने पनी जनाईएको छ ।
पृथ्वी राजमार्गको अधिकाम्स सडकको अवस्था जिर्ण र जोखिम पुर्ण भए पछी सडक विभागको ध्यानाकर्षण भएको हो ।
तराईका जिल्लाहरुलाई राजधानीसंग जोड्ने मुख्य राजमार्गका मानिएको पृथ्वी राजमार्ग मुख्य तया जथाभावी उत्खनन् गरिएका खानी र ग्रामिण वस्थिहरुमा पुग्नका लागी खनीएका कच्चि सडकहरुले गर्दा सामान्य वर्षा हुदा पनी समस्या आउने गरेको हो ।
अब वर्षा समयसम्म खानीहरु पनी संञ्चालनमा रोक लागउनु पर्ने सरोकारवाल निकायहरुसंग सडक विभागले आग्रह समेत गरेको छ । अहिले गजुरीदेखी मौवा खोला खण्डमा राजमार्गका सडक सफा गर्ने काम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस