X (current)

रासायनकि मल नपाउदा धादिङका किसानहरु समस्यामा

  Bikaspost   4 May, 2020


धादिङ । पर्याप्त मात्रामा रासायनकि मल नपाउदा धादिङका किसानहरु समस्यामा परेका छन् ।
चैते धानमा मल राख्ने मध्य समयमा मलको उचित ब्यवस्था  नहुदा किसानहरु समस्यामा परेका हुन् । समयमा नै पर्याप्त रासायनीक मल राख्न नपाउदा रोपो पनी केही विग्रन थाली सकेको छ ।
कोरोना भाईरसको रोकथाम र संक्रमणबाट बच्न  सरकराले गरेको लक डाउनका कारण किसानहरुले रासायनकि मल लिन जान नपाएको र बल्ल तल्ला लिन गए पनी मल बिक्री केन्द्रहरुमा  मल नपाईने हुदा समस्या आएको किसानहरुले  गुनासो   गरेका छन् ।
यस वर्ष गत सालको भन्दा धान बाली  निकै राम्रो भएको समयमा पानी पनी परेको तर अवाश्यक मात्रामा रासायनीक मल राख्न नपाउदा भने समस्या आएको किसानहरुले बताएका छन् ।
अब पन्द्रदेखी विस दिनमा धानको बाला लाग्ने समय भएको छ , दुई पटक मल राखी सक्नु पर्नेमा बल्ल एक पटक राखीएको छ ।
अब दोस्रो पटक मल राख्न नपाईने हो भने धान नै कम फल्ने चिन्तामा किसानहरु छन् ।
सरकराले पर्याप्त मात्रामा रासायनीक मल उपलब्द गराई सामाजीक दुरी कायम राखी गाउँ गाउँमा नै रासायनकि मल सहकारी मार्फत पठाउनु पर्ने किसानहरुको माग रहेको छ ।
यसो गरेको खण्डमा किसानहरुले कृषी कर्मका लागी अत्यान्त सहज हुने भनाई छ ।
यस पटक लक डाउनका कारण खेत बारीमा काम गर्ने मानिसहरु प्रसस्त मात्रामा भएका कारण गत साल भन्दा यस वर्ष चैते धान रोपाई समेत धेरै जमीनमा भएको स्थानीय किसानहरको भनाई छ ।
गत साल पाँच हजार हेक्टर जमीनमा चैते धान लगाईएकोमा यस वर्ष करिव दुई सात हजार दुई सय हेक्टर जमीनमा चैते धान लगाईएको कृषी ज्ञान केन्द्र धादिङले जनाकारी दिईउको छ ।
रासायनीक मल भने गत साल भन्दा यस साल कृषी सामग्री संस्थानमा निकै कम आएको पनी जनाईएको छ ।   

प्रतिक्रिया दिनुहोस