X (current)

रुवी भ्याली गाउँपालीको सेर्तुङ्गकोमा प्रौढ कक्षा

  Bikaspost   28 November, 2019


धादिङ । रुवी भ्याली गाउँपालीका स्थित सेर्तुङ्गको बोराङ्गमा बृद्ध–बृद्धाहरुका लागी प्रौढ कक्षा संञ्चालन गरेको छ । जिल्लाका सबै मानिसहरु साक्षर भएको घोषण भएको वर्षै वितेको भए पनी बोराङ्गमा पुर्नतजकीयका लागी प्रौढ कक्षा संञ्चालन सुरु गरेको हो ।

रुवी भ्याली गाउँपालीका–वडा नं ५का वडा अध्यक्ष प्रशान्त तामाङ्गले आफ्नै पहलमा सो कामको सुरुवाती गरेको हो । उहाँले आफ्नो कार्यकालभरी आफुले पाउने तलव र भत्ताका रकमले यस्तै काम गर्ने बताउनु भएको छ ।

उक्त गाउँपालीका स्थित वडा न–५का पचास भन्दा धेरै वृद्ध–बृद्धाहरुलाई बेलुकीको फुर्सदको समयमा आफ्नै उपस्थितमा पढाउन थालीएको जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस