X (current)

लकडाउनले ७५ लाख विद्यार्थीको पढाइ प्रभावितः वैकल्पिक व्यवस्था गर्न शिक्षाविद्‍हरुको सुझाव

  Bikaspost   21 April, 2020


काठमाडौं  । कोरोना भाइरसलाई फैलिन नदिनका लागि मुलुकभर बन्दाबन्दीको घोषणा गरिएपछी ७५ लाख विद्यार्थी घरमै बस्न बाध्य छन् ।

विद्यालय तहको नयाँ शैक्षिक सत्र सञ्चालन गर्नुपर्ने बेलामा नयाँ विद्यार्थीको भर्ना रोकिएको छ । गत शैक्षिक सत्रको अन्तिम परीक्षाको नतिजा पनि सार्वजनिक हुन सकेको छैन ।

कक्षा १० एसईईका साथै कक्षा ११ र १२ को परीक्षा समेत स्थगित छ । त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयका परीक्षा र पठन पाठन स्थगित छन् ।

लकडाउन खुलेपछी रोकिएका परीक्षाहरू सञ्चालन गर्न सकिएपनि समग्र शिक्षा क्षेत्रमा पर्ने असरलाई कम गर्नका लागि नीति निर्माताले योजना बनाउनुपर्ने भनाई शिक्षाविद्को छ ।

अल्पकालीन तथा दीर्घकालीन योजना बनाउँदै अहिलेको अवस्थालाई मुलुकको शिक्षा क्षेत्रलाई विद्यार्थी केन्द्रित बनाउने, अनलाईन तथा प्रविधिको प्रयोग बढाउने र किताबी भन्दा जीवनोपयोगी शिक्षा कार्यान्वयन गर्ने अवसरका रुपमा लिनुपर्ने सुझाव उहाँहरूको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. सुरेन्द्र गिरी लकडाउनका कारण निम्न आय भएका तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा असर पर्ने बताउनुहुन्छ ।

यसैगरि ती समुदायका बालबालिकाको विद्यालय छोड्ने दरलाई कम गर्न सरकारले उपयुक्त नीति ल्याउनुपर्ने सुझाव उहाँको छ ।

अनलाईन तथा प्रविधिलाई उपयोग गर्नका लागि राज्यले लगानी बढाउनुपर्ने तथा सार्वजनिक शिक्षण संस्थाका शिक्षकहरुलाई उत्प्रेरित गर्ने अवसरका रुपमा यसलाई लिनुपर्ने धारणा शिक्षाका सरोकारवालाहरुको छ ।-साभार नेपाल टेलिभिजन

प्रतिक्रिया दिनुहोस