X (current)

लक डाउनका कारण तामाका भाँडा विक्रिमा समस्या

  Bikaspost   1 June, 2020


धादिङ । लक डाउनका कारण सबै बजारहरु बन्द छ । सवारी साधनहरु पनी खाद्यान्न र अत्यावाश्यकीय  बस्तुहरु ओसार पसार गर्ने बाहेकका सरकाले कुनै पनी चल्न दिईएको छैन ।
 धादिङमा  तामाका भाँडा कुडा बनाई दैनिकि चलाउने वर्गका मानिसहरु पनी यसको प्रत्यक्ष मारमा परेका छन् ।
उनिहरुले बनायका सामानहरु पनी विक्रिका लागी बजार लग्न पाएको छैन ।
जस्का कारण उनिहरुलाई निकै समस्या पर्दै आउन थालेको छ । तामाको काम गरेर विहान बेलुकी गर्जो टार्दै आएका  कालिगडहरु अहिले निकै समस्यामा परेको बताउनु हुन्छ ।  
बनाएका सामानहरु बजरमा विक्रिका लागी लग्न सक्ने अवस्था नभएकोले यस्तो समस्या  आएको हो ।
वनाई राखेका सामानहरु बजारमा विक्रिका लागी लग्न नपाउदा सबै गोदाममा नै थन्कीएको छ ।
खासर गरी गाग्री होण्डा लगाएतका सामानहरु  राजधानीका बजारहरुमा विक्रिका लागी लगिने गरेकोमा अहिले दुई महिनादेखी सामान लग्न नपाएको गुनासो उनिहरुको छ ।
निम्न आय भएका र ज्यालामा काम गर्ने उनिहरुलाई अहिले लक डाउनका कारण घर खर्च धान्नै धौ धौ भएको बताउछन् ।
बनाएका सामानहरु पसल पसलमा लगेर छाडिदिने र भाँडा बनाए वापत ज्याला पाउने गरेको कालिगडहरुको भनाई छ ।
निकै थोरैको संख्यामा रहेको यो पोसा गर्ने मानिसहरु अहिलेको समस्याका कारण अब के गर्ने भन्ने चिन्तामा परेका छन् ।
प्रति किलो तामाको भाँडा बनाए वापत दुई सय ज्याला पाउने उनिहरुले प्रति दिन छ सयदेखी एक हजारसम्म आम्दानी गर्दै आएकोमा अहिले ठप्प भएको हो ।  


यसरी काम गर्ने कालीगडहरुले मासिक तिस हजारसम्म आम्दानी गर्ने गरेको बताएका छन् । उनिहरुले बनाएका भाँडा कुडाहरु काठमाण्डौमा विक्रिका लागी लगिने गर्दै आएको  थियो । प्रति गोटा गाग्रीको पाँच हजारदेखी सात हजारसम्ममा विक्रि हुने कालिगडहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस