X (current)

लक डाउनको मारमा रेशम किरा पाल्ने किसानहरु,उत्पादन राम्रो भए पनी विक्रि कहाँ गर्ने भन्ने चिन्तामा

  Bikaspost   27 April, 2020


धादिङ । लक डाउनको मारमा रेशम किरा पाल्ने किसानहरु पनी नराम्ररी परेका  छन् ।
किसानहरुले यस पटक पालेको किराबाट उत्पादन राम्रो भए पनी विक्रि कहाँ गर्ने भन्ने चिन्तामा छन् ।
मुख्य गरी चिन, भारत र कोरिया निर्यात हुने रेशम धागो यस वर्ष विक्रि नहुने भएको हो ।
अलिहे पालेको किराले अब केही दिनमा नै कोकन उत्पादन गर्ने र धागो बनाउनका लागी विक्रि योग्य हुने भए पनी बजारको अभावका कारण किसानहरु समस्यामा परेका हुन् । अब उत्पादीत् कोकन काहाँ विक्रि गर्ने भन्ने चिन्तामा किसानहरु परेका छन् ।
भुकम्प पछी विस्तारै सुरु गरेको यो खेती यस वर्ष  कोरोनाका कारण विग्रिएको किसानहरुको गुनासो रहेको छ ।
किरा पालक किसानहरुलाई मौसरले निकै साथ दिएको तर विश्व व्यापी महामारीको रुपमा फैलदै गई रहेको कोरोनाका कारण यसको बजारका लागी समस्या आएको हो । किसानहरुले विस हजारदेखी एक लाखसम्म किरा पाल्दै आएका छन् ।
अन्य खेतकिो तुलनामा रेशक किरा पाल्ने खेती अत्यान्त सजिलो र आम्दानी पनी राम्रो हुने किरा पालक किसानहरुको भनाई धादिङमा भुकम्प पश्चात लोप हुदै गएको रेशम खेती बल्ल फष्टाउन थालेको थियो ।
यस खेती गर्ने किसानहरुलाई सरकराले विषेस सहयोग गर्नु पर्ने माग किसानहरुको छ ।
भुकम्प पछी जिल्लामा जम्मा दुई जना किसानले मात्र गर्दै आएको रेशम किरा पाल्ने ब्यवसाय अहिले एक दर्जन किसानहरुले सुरु गरेका छन् । वार्षीक तिन महिना यो किरा पाल्ने किसानहरुले कोकन विक्रिबाट प्रति किसानले प्रति रोपनी जमीनबाट वार्षीक एक लाखसम्म आम्दानी गर्ने छ ।
किम्वु घाँसमा आधारीत रेशम किरा पालन गर्ने किसानहरुले यस वर्ष राम्रो आम्दानी गर्ने मौका पाएको भए पनी लक डाउनका कारण निकै कठिनाई भएको बताउनु हुन्छ ।
मुख्य गरी यसबाट निर्माण गरिएको कपडाहरु नेपाली बजारमा भन्दा पनी अन्तराष्ट्रिय बजारमा विक्रि हुने भएकोले समस्या आएको हो ।


यस वर्ष धादिङमा विस टन कोकन उत्पादनको लक्ष्य किसानहरुले राखेका छन् । 

प्रतिक्रिया दिनुहोस