X (current)

लक डाउनको समयमा गाउँ गाँउमा विकासको काम तिब्र

  Bikaspost   29 May, 2020


धादिङ । सरकाले कोरोना भाईरसको रोथम र नियन्त्रणका लागी गरेको लक डाउनको समयमा पनी धादिङको ज्वालामुखी गाउँपालीका स्थित चैनपुरमा विकासको कामले भने तिब्रता पएको छ ।
सो गाउँमा नयाँ सडकको ट्याक खेल्ने, सडक मर्मत र स्थर उन्नतीको काम तिब्र गतिमा अगाडि बडेकोे छ ।
ग्रामिण क्षेत्रको  विकासका क्रममा सडक निर्माण विकासको पहिलो पुर्वाधार  भएकोले सडक निर्माणको काम तिब्र बनाईएको वडा नं ७ का वडा अध्यक्ष तेजनाथ लोहनीले बताउनु भएको छ ।  
नेपालकै सबै भन्दा ठुलो टार मध्य दोस्रो ठुलो सल्यानटार हेर्न आउने  आन्तरीक एवं ब्ह्य पर्यटकहरुका लागी पनी ति सडक निर्माण संगै अत्यान्त सहज हुने छ ।
विषेस गरी अहिले सो गाउँपालीकाको चैनपुरमा ऐतिहाँसिक स्थलहरुमा जाने गोरेट बाटो, र चैनपुरलाई  नीलकण्ठ  नगरपालीकासंग जोड्ने दोस्रो सडकलगाएत खाने पानीका आयोजनहरु जस्ता विकासका कामहरुले गति लिएको हो ।कोरोना भाईरसको संक्रमण रोकथामका लागी गरेको लक डाउनको समयमा काम नभएका कारण समस्यामा पर्दै आएका ज्याला मजदुरी गरी  दैनिक गुजारा गर्नहरुलाई गाउँमा विकासको काम हुन थाले पछी सहज भएको भनाई कामदारहरुको छ ।
लक डाउनका कारण फुर्सद भएको समयमा विकास पनी हुने र ज्याला मजदुरी गर्नका लागी निकै टाढा पनी जान नपर्दा आफुहरुलाई निकै सहज भएको उनिहको भनाई छ ।
स्थानीय वडाले काम लागउदा मजदुरहरुको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सामाजीक दुरी कायम राखी शुरक्षित तरिकाले काममा लगाईएको गाउँपालीकाको भनाई छ ।
यसंगै पर्यटकी क्षेत्रको रुपमा विकास गर्नका लागी ऐतिहाँसिक स्थलहरुको संरक्षणमा समेत चैनपुरका स्थानीयहरु एक जुट भई लक ढडाउनको समयमा काम गरिरहेका छन् । सडक निर्माणमा केन्द्रीत गरिएको चैनपुरको वडा नै सात मा विकासका योजनहरु मध्य  हालसम्म सात करोडखर्च गरी पचास किलो मिटर कच्चि सडक निर्माण चालु आर्थिक वर्षमा गरिसको छ । 

प्रतिक्रिया दिनुहोस