X (current)

लक डाउन खुकुलो सवैसाधारणलाई राजधानी प्रवेशमा कठिनाई हुदा समस्या

  Bikaspost   15 June, 2020


धादिङ । सरकाले लामो समयदेखी गरेको जारी लक डाउन केही खुकुलो भएसंगै राजधानी प्रवेश गर्ने मानिसहरुको चाप राजमार्गहरुमा बढ्न थालेको छ ।

                 ब्यपार ब्यावसाय र निजी तथा सरकारी कार्यालयहरु खुलेसंगै राजधानी प्रवेश गर्ने मानिसहरुको भिड बड्न थालेको हो ।

                राजधानी काठमाण्डौलाई कर्म थलो बनाई बसेका मानिसहरु लामो समयको लक डाउनका कारण आ–आफ्नो गृह जिल्ला फर्केका थिए ।

                अब लक डाउन केही खुकुलो भए पछी पुनःफर्कन थालेका हुन् । तर यसरी फर्केकाहरुले राजधानी प्रवेशका क्रममा भने निकै समस्या भोग्नु परेको छ ।

                 राजधानी प्रवेश गर्ने क्रममा नाकाहरुमा प्रहरीले गरेको कडाईका कारण समस्या परेको हो ।

                काठमाण्डौमा रोजगारीका क्रममा बसोवास गर्दै आएका बाहिरि जिल्लामा घर भएकाहरुलाई काम गर्ने संस्थाहरुले बोलाउन थाले पछी राजधानी फर्केको तर नाका प्रवेशमा रोक लागएकाले गर्दा झन्जट बेहोर्नु परेको गुनासो उनिहरुले गरेका छन् ।

                 यसो त राजमार्गमा निजी र साना सवारी साधनहरुको चाप पनी अत्याधिक बढेको छ । तिन दिन एता दुई पाङ्ग्रे सवारीका साधन र साना चार पाङ्ग्रो निजीसवारीका साधनहरु  राजधानी प्रवेशका लागी निकै जाने गरेको छ ।

                 राजमार्गहरुमा कडाई गर्नका लागी ट्राफिक प्रहरीहरुको स्वास्थ्य अवस्थाको ख्याल गर्दे भौतकि दुरी कायम राखी ठाँउ ठाँउमा चेक जाँच गर्नेै ब्यवस्था मिलाउन लागीएको बाग्मती प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनु भएको छ ।

                लक डाउनका कारण  खुल्ला सडक भएकले सवारीे तिब्र गतिमा हाँक्ने गरेकोले गर्दा          दुर्घटना नहोस्र भन्दै यसको ब्यवस्थापनमा  बाग्मती प्रदेश ट्र«ाफिक प्रहरी कार्यालयले विषेस निगरानी राख्न थालेको छ ।

                रातको समयमा चल्ने सवारीका साधनहरुलाई राजधानी प्रवेशका क्रममा विषेस निगरानीमा राख्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस