X (current)

लमजुङ्ग र ओखलढुंगा पहिरोले घर बगाउदा एकजनाको मृत्यु, दुई जना घाइते, चार जना बेपत्ता

  Bikaspost   26 June, 2024


काठमाण्डौ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका(५ शेर्नाको थुम्कीमा अविरल वर्षासँगै झरेको पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पहिरोमा परी एउटै परिवारका अन्य दुई जना घाइते भएका छन् ।

पहिरोमा परी मृत्यु हुनेमा ३५ वर्षीय देवकुमारी खत्री रहेकी छिन् । गएराति २ बजेको समयमा झरेको पहिरोमा परेर घाइते हुनेमा मृतकका श्रीमान बाबुराम खत्री र छोरी मेनुका खत्री रहेका छन् ।

उनीहरुलाई पहिरोबाट सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरुलाई अहिले स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । उद्दारमा संलग्न छिमेकी यदु बाँस्तोलाका अनुसार पहिरोले घर तथा मतान चार सय मिटर तल बगाएको छ ।यसै गरी अविरल बर्षासँगै गएको पहिरोका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका(३ बगुममा तीन घर बगाउँदा चारजना बेपत्ता भएका छन् ।

स्थानियका अनुसार रातीको समयमा पहिरो आएको र अहिले बेपत्ताहरुको खोजि भईरहेको छ । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ । घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस