X (current)

लोकरत्न सामुदायीक सिकाई केन्द्रको नयाँ भवन नेपाल सरकारलाई हस्तान्तरण

  Bikaspost   17 December, 2019


धादिङ । गोर्खा र धादिङको सिमानामा पर्ने गण्डकी गाउँपालीका स्थित घ्यालचोकमा कोरियन सरकारको सहयोगमा निर्माण गरिएको लोकरत्न सामुदायीक सिकाई केन्द्रको नयाँ भवन  नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
युनेस्कोका निमित्त कोरियन राष्ट्रिय आयोगको आर्थिक  तथा प्राविधिक सहयोगमा निर्माण गरीयको पक्कि भवन नेपाल सरकरा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।
गुणस्तरीय शिक्षा , समावेसी तथा न्यायोचित र गुणत्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागी जिवन पर्यन्त सिकाईका अबसरहरुको प्रवद्र्धन गर्ने लक्ष्यका साथ सो सिकाई केन्द्रको स्थापना गरिएको कोरियन राष्ट्रिय आयोगले जनाईएको छ ।
नेपालमा २०६२ सालको भुकम्प पछी भत्कीयको यस्ता सामुदायीक सिकाई केन्द्रहरुका भौतकि संरचना निर्माणका क्रममा अन्तराष्ट्रिय सहयोगमा पुन निर्माण भएको भवन मध्य यो पहिलो भएको पनी बताईएको छ । भुकम्पबाट अति प्रभावीत गोर्खाका यस स्थानमा यो भवन निर्माण भए पछी महिला तथा बालवालीकाहरुका लागी आधारभुत कुनै पनी कुराहरुको ज्ञान र सिप प्रदान गर्नका लागी प्रयोग हुने बताउदै अबको आवाश्यकता सिपमुलक सिप मुलक शिक्षा भएको शिक्षा सचिव महेशप्रशाद दहालले कार्यक्रममा वताउनु भएको छ ।
कार्यक्रममा बोल्दै सचिव दहालले यस्ता सिकाई केन्द्रहरु सरकरा आफैले बनाउने कार्य योजना रहेको जानकारी गराउदै मुलुक भर २१ सिकाई केन्द्र रहेको पनी जानकारी गराउनु भयो ।
सो सिकाई केन्द्रमा ब्यवस्थित पुस्तकालय, कम्प्युटर कक्षालगाएत अन्य सिपहरु सिकाउनका लागी पुर्वाधार स्थापना गरिने छ ।
सो पक्कि भवन एक करोड ३१लाखको लागतमा  कोरियन सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस