X (current)

वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी अझै केही समय लाग्ने

  Bikaspost   18 June, 2024


धादिङ । गएराती परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
विहानदेखी वर्षाका कारण पहिरोसंगै ढुङ्गा खस्दा राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग खुलाउने प्रयास भई रहेको छ ।
पहिरोका कारण आज विहानदेखी पृथ्वी राजमार्गको बेनीघाट रोराङ्ग गाउँपालीका स्थित मलेखु मौवाखोला खण्ड अवरुद्ध भएको हो ।

खास गरी जोगिमारा नजिकैको सबै भन्दा ठुलो ढुङ्गा खसेको छ सो ढुङ्गा सहित पहिरो पन्छाउन समय लाग्ने भएको सडक कार्यालयले धादिङले जनाईएको छ ।
राजमार्गका ठाँउ ठाँउमा ठुलो ठुलो ढसङ्गा समेत खसेकोले हटाउन केही समय लाग्ने सडक विभागले जनाईएको छ ।
सडक अवरुद्ध भएका कारण लोमो तथा छोटो दुरीका सावरीका साधनहरु जाममा फसेका छन् ।
सडक विभागको डोजर नेपाल प्रहरीलगाएत सडक निर्माण कम्पनीको डोजर प्रयोग गरी सडक खुलाउने प्रयास जारी छ ।

प्रतिक्रिया दिनुहोस