X (current)

विकट बस्तिमा विजुली बल्दा स्थानीयहरु हर्षीत

  Bikaspost   6 December, 2019


धादिङ । गाउँमा विजुली पुगे पछी उत्तरी धादिङ स्थित क्युङ्गका स्थानीयहरुमा खुसिको सिमानै छैन ।
अहिलेसम्म विकासका कुनै पनी पुर्वाधारहरु नपुगेको क्युङ्ग, थली गोर्गाङ्ग र कन्द्राङ्गका स्थानीयहरुको घरघरमा अहिले  विजुली पु¥र्याईएको छ ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय लाईन विस्तार कार्यक्रम अन्तरगत २०७३ सालदेखी सो स्थानमा विजुली लग्न सुरु गरिएको हो ।
नेपाल सरकारको प्रत्येक गाउँमा उज्यालो बनाउने उदेश्यका साथ दुर्गम र अति विकट स्थानहरुमा पनी केन्द्रय लाईन विस्तारको काम सुरु गरिएको हो ।
काम सुरु भएको तिन वर्ष पछी गाँउलेहरुले बल्ल विजुली   बत्ती बाल्न पाएका हुन् ।
क्युङ्ग गोर्गाङ्ग, थली र कन्द्राङ्गमा विजुली बत्ती बलेसंगै गाँउलेहरुले विषेस कार्यक्रम गरी खुसियाली मनाएका छन् ।
खनीयाबाँस गाउँपालीकाको उक्त विकट गाउँहरुमा तामाङ्ग समुदायका मानिसहरुको मात्र वसोवास रहेको छ ।
गाउँमा  विजुली पुगेसंगै अब दैनिकि नै परिवर्तन भएको स्थानीयहरुको भनाई छ ।
घर धन्दादेखी आय आर्जनको काम पनी उज्यालोमा बसेर नै गर्न पाएकोमा आफुहरुलाई थप उर्जा मिलेको भन्दै स्थानीय गाउँलेहरु खुसी भएका छन् ।
विजुली बत्ति भए पछी दिनभरी खेत बारीको काम सकेर वेलुकी साँझमा  आय आर्जनको काम समेत गर्न पाउने भएको भन्दै स्थानीयहरु खुसी भएका हुन् ।
विद्यालय उमेरका बालवालीकाहरुलाई बेलुकीको समयमा अध्यान गर्नका लागी टुकी छाडेर विजुली बाल्नु पाउदा अयान्त सजिलो भएको बताउछन् ।
विजुली बत्ती गाउँमा पुगे पछी मनोरञ्जनका साधनको रुपमा  टेलिभिजन हेर्न र रेडियो सुन्न पनी सजिलो भएको स्थानीय गाउँलेहरुको भनाई छ ।        

प्रतिक्रिया दिनुहोस