X (current)

विचौलीयाका कारण अण्डाको उत्पादन लागत मुल्य पनी नउठ्ने भए पछी किसानहरु समस्यामा

  Bikaspost   20 December, 2019


धादिङ । अण्डाको मुल्यमा गिरावट आए पछी किसानहरु  विस्थापित हुनु पर्ने अवस्था आएको  भन्दै सरकरासंग आफुहरुलाई क्षती पुर्तिको उचित ब्यवस्था गरिदिनु पर्ने माग गरेका छन् ।
कुखुरा पल्नका लगानी निकै ठुलो गर्नु परेको तर लगानी सुरक्षित हुन नसकेको भन्दै पेसा नै परिवर्तन गर्नु पर्ने अवस्था आएको अण्डा उत्पादक किसानहरुले बताएका छन् ।
विचौलीयाका कारण अण्डाको उत्पादन लागत मुल्य पनी नउठ्ने भए पछी किसानहरु समस्यामा परेका हुन् ।
किसानहरुले अहिले तिनदेखी पाँच रुपैयामा प्रति गोटा अण्डा विक्रि गर्नु परेको गुनासो गरेका छन् । सरकराले यसको नियन्त्रण नगर्ने हो भने आफुहरु आन्दोलनमा उत्रन बाध्य हुनु पर्ने अण्डा उत्पादक संघले जनाईएको छ ।
सरकराले विचौलीया नियन्त्रण नगर्दा र अनुगमन कडाईका साथ गर्न नसक्दा अण्डा उत्पादक किसानहरु निकै समस्यामा परेको बताएका छन् । सरकराले अनुगमन नगरे पछी किसानहरु आफैले अन्यत्र स्थानबाट विचौलीयाहरुले सस्तो मुल्यमा किनेर ल्याएको अण्डा राजमार्ग हुदै राजधानी र धादिङ जिल्ला प्रवेशमा कडाई गरेको छ ।
उनिहरुले पृथ्वी राजमार्गको जोगिमारा स्थित मझिाटारमा चेक जाँच समेत गर्ने गरेको र सो क्रममा दुईसयदेखी दुई सय  पचासमा प्रति किरेट अण्डा ल्याएको समेत पाएको बताएका छन् । यसरी किसानहरुले विक्रि गर्दा लागत मुल्य पनी नउठ्ने भनाई छ ।
उपभोक्तालाई बजारमा प्रति गोटा अण्डाको पन्द्र रुपैयासम्म पर्ने गरेको छ । जस्का कारण किसान र उपभोक्ता दुबै मारमा परेका छन् ।


उता विचौलीयाहरुले चर्को मुल्य लगाउदा समेत सरकराले कुनै कारवाही गर्न नसकेको भन्दै कारवाही गर्नु पर्ने माग गरेका छन् । धादिङ जिल्लामा मात्र करिव पन्द्र सय किसानहरुले कुखुरा पाल्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस