X (current)

विचौलीयाकै भरमा तरकारी विक्रि

  Bikaspost   16 October, 2019


धादिङ । तरकारी उत्पादक किसानहरुले  उत्पादीत् तरकारी विक्रिका लागी सहकारीसम्म लग्दा पनी उनिहरुलाई विक्रि मुल्य थाहा हुदैन ।
यो समस्या  धादिङका किसानहरुले मात्र होईन छिमेकी जिल्ला गोर्खा र चितवनकाले पनी भोग्दै आएका छन् ।
किसानहरुले शहकारी मार्फत तरकारी विक्रि गर्ने भए पनी न त सरकराले किसानका उत्पादनको मुल्य तोकिदिएको छ, न त शहकारीले नै मुल्य तोकिदिएको हुन्छ ।
अझै पनी विचौलीयाहरुले मुल्य न तोकिदिएसम्म किसानहरुले उत्पादन गरेको तरकारी जन्य बस्तुहरु बिक्रीका हुन मुस्किल पर्ने गरेको छ । धादिङ, चितवन र गोर्खाका तरकारी उत्पादक किसानहरुले यस्तो समस्या वर्षैदेखी भोग्दै आएका छन् । तर तिनै तहका सरकार यो खवरबाट बेखवर छन् ।
तरकारी उत्पादक किसानहरुले तरकारी बिक्रिका लागी तरकारी संकलन गर्ने सहकारीसम्म लगे पछी विचौलीयाले मुल्यमा नदिने हो भने त तरकारी नै विक्रि नहुने विकराल समस्या छ ।
 धादिङको जवाङ्ग चितवनको ईच्छाकामना  र गोर्खाको भुम्लीचोकबाट तरकारी बिक्रीका लागी पृथ्वी राजमार्गमा पर्ने  फिस्लीङ्ग आई पुगेका किसानहलाई पर्ने गरेको  समस्या हो यो ।
आफुहरुले बिक्रीका लागी ल्याएको तरकारीको मुल्य विचौलीयाले कहिले गर्देला भन्दै दैनिक जसो कुर्ने पर्ने बाध्यतामा किसानहरु छन् ।  
किसानहरुले सहकारीमा तरकारी ल्याउन साथ दुई जना विचौलीयाले सहकारीबाटै आर्को विचौलीयालाई विक्रि गर्ने गर्दछन् । उता विचौलीयाले किन्ने ग्राहाक नपायसम्म तरकारी मुल्य निर्धारण गदैनन् ।  सरकारले किसानहरुले उत्पादन गरेको तरकारी जन्य कृषी उत्पादनको बजार ब्यवस्थापनमा चासो नदीएकै कारण उपभोक्ताहरु महङ्गीको मारेका हुन् ।
यसो त किसानहरु पनी आफुले उत्पादन गरेको तरकारी जन्य बस्तुहरु लागत मुल्य भन्दा पनी कममा विक्रि गर्न बाध्य भएका हुन् । किसानहरुले भने आफ्नो उत्पादनको उचित बजार मुल्य तोकिदई सरकराले जिम्मा लिनु पर्ने माग गरेका छन् ।


अहिले पनी किसानहरुले तिसदेखी चाली रुपैया प्रतिकिलोमा  बिक्रि गरेको तरकारीको मुल्य बजारमा उपभोक्ताहरुलाई एक सयदेखी एक सय पचाससम्म पर्ने गरेको छ ।
सरकारले दैनिक  आवाश्यक पर्ने तरकारीको बजार भाउ नियन्त्रणका लागी कुनै चासो नदीएका कारण यस्तो अवस्था आएको हो ।  

प्रतिक्रिया दिनुहोस