X (current)

विदेशीएका जनशक्ति फर्किएसँगै दुर्गममा पनि आधुनिक कृषि प्रविधि

  Bikaspost   14 November, 2020


धादिङ । कृषी  क्षेत्रमा भित्रियको आधुनीक प्रविधिहरुको प्रयोग  धादिङको दुर्गम क्षेत्रहरुमा समेत बड्दो छ ।
कम जनशक्ति र थोरै समयमा पनी धेरै काम गर्न सक्ने भएका कारण दुर्गम क्षेत्रहरुमा समेत कृषी क्षेत्रमा प्रविधिको प्रयोग बड्न थालेको हो ।
यसो त यस वर्षत  कोरोना संक्रमणका कारण कृषी कर्म गर्ने समयमा  मानिसहरुको भिडभाड कम गर्नका लागी पनी कृषीमा प्रविधिहरुको प्रयोग झनै बढ्दो छ ।
आजकाल दुर्गम क्षेत्रहरुमा पनी धान रोप्न ,धान काट्न र धान झार्न समेत साना मेशिनहरको प्रयोग गर्न थालेका छन् ।
कोरोना भाईरसको संक्रमणले गर्दा रोजगारीका लागी  विदेश पलायन भएका युवाहरु  रोजगारी गुमाई स्वदेश फर्के पछी कृषी कर्ममा लागेका छन् ।
जस्रले गर्दा कृषी क्षेत्रमा काम गर्ने  आवाश्यक जनशक्ति पुर्तिका लागी पनी प्रविधिको निकै प्रयोग हुन थालेको कृषकहरु बताउनु हुन्छ ।
डिजेल र पेट्रोलको प्रयोग हुने मेशिनहरुका कारण वाताबरणमा प्रतिकुल प्रभाव पर्ने भएको भए पनी छिटो छरितो र सस्तो काम गर्न आधुनकि उपकरणहरु निकै उपयोग भएको कृषकहरु बताउनु हुन्छ । कोरोनाका कारण विदेश गएका युवाहरु रोजगारी गुमाउन पुगी स्वदेश फर्के पछी मेशिनहरुको प्रयोग गरी खेती पाती गर्ने किसानहरुको संख्या दिन प्रति दिन बड्दो छ ।
जिल्लाका अधिकाम्स किसानहरुले गोरु पाल्न छाडेका कारण खेत जोत्ने र खन्ने कामदेखी धान झार्ने र काममा समेत आधुनीक मेसिनको प्रयोग हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस