X (current)

विद्यालयमा सेनेटरी प्याड वितरणको सहजताका लागी भ्यान्डिङ्ग मेसिन प्रयोग

  Bikaspost   13 February, 2020


धादिङ । जिल्लामा नै पहिलो पटक दक्षिणी धादिङको दुर्गम स्थानमा  एक माध्यामीक विद्यालयले सेनेटरी प्याड वितरणको सहजताका लागी भ्यान्डिङ्ग मेसिन प्रयोगमा ल्याएको छ । सेनेटरी प्याड राखेर वितरण गर्ने आधुनीक भ्यान्डिङ्ग मेसिन गजुरी गाउँपालीकाले खरिद गरी दुर्गम स्थानमा रहेको डोल भञ्ज्याङ्ग माध्यामीक विद्यालयमा जडान गरिदिएको हो ।
नेपालमा नै जम्म तिन ओटा  समुदायीक विद्यालयमा यस्तो उपकरण प्रयोगमा ल्याईएको छ ।
सरकारले प्रत्योक निम्न माध्यामिक विद्यालयदेखी माध्यामीक तहका विद्यालयहरुमा निःशुल्क सेनेटरी प्याड वितरण गर्न थालेसंगै गजुरी गाउँपालीकाको दुर्गम स्थान डोल भञ्ज्याङ्ग माध्यामीक विद्यालयमा यो मेसिनको पहिलो पटक प्रयोगमा ल्याएको हो ।
सेनेटरी प्याड निःशुल्क वितरण सुरु गरे पछी महिनावारीका कारण  हुने विद्यालय ड्रप आउटको समस्या केही हदसम्म कमी आएको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रमोद रुपमाखेती बताउनु हुन्छ ।  


भ्यान्डीङ्ग मेसिनमा प्याड राख्दा सुरक्षित र किशोरीहरुलाई महिनावारीको समयमा आवाश्यक अनुसारको प्रयोगका लागी अत्यान्त सहज हुने छ । जस्का कारण किशोरीहरुको स्वास्थ्यमा पनी प्रतिकुल प्रभाव पर्न नदीन यो अत्यान्त उपयोगी  बनेको छ ।
किशोरीहरु पनी  निःशुल्क सेनेटरी प्याड विद्यालयमा  नै उपलब्द हुन थाले पछी महिनावारीको समयमा आफुहरुलाई विद्यालयम आउन निकै सहज भएको बताउनु हुन्छ ।
विषेस गरी किशोरी अवस्थामा महिनावारीको पिरियड सुरु भए पछी आउने विभिन्न समस्याका कारण विद्यालय जान छाड्ने भए पछी सरकराले सबै  निम्न माध्यामीक र माध्यामीक तहका विद्यालयहरुमा निशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको हो ।


दक्षिणी धादिङको दुर्गम स्थानहरुमा बसोवास गर्ने चेपाङ्ग समुदायकाकिशोरी  अध्ययन गर्ने अन्य विद्यालयहरुमा अब छिटै यस्तो सुविधा उपलब्द गराउने गजुरी गाउँपालीकाका अध्यक्ष बस्नेतले जानकारी दिनु भएको छ ।  
यसो त चेपाङ्ग समुदायका किशोरीहरु  महिनावारी सुरु भए प

प्रतिक्रिया दिनुहोस