X (current)

विस्थापित हुँदै राजमार्ग आसपासका साना व्यापारी

  Bikaspost   14 November, 2020


धादिङ । कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषी उपज विक्रि गरी दैनिकी चालाउने मानिसहरुको ब्यपार पनी संकटमा परेको छ । खास गरी पृथ्वी राजमार्ग छेउ छाउमा बसी सिजिन अनुसारको फलफुल विक्रि गर्ने सडक ब्यपारीहरुको ब्यापार अहिले ठप्प जस्तै छ । कोरोना महामारीका कारण लामो समय पछी सर्वाजनीक यातयातका साधनहरु सुचारु भए पनी राजमार्ग छेउ छाउमा बसी केरा,पोलेको मकै विक्रि गर्नेहरुको ब्यपार  भने आजकाल संकटमा परेको हो । पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने मानिसहरुले स्वास्थय सुरक्षाका कारण जाहाँ पयो त्यही सवारी रोक्न छाडे पछी सडक व्यापारीहरुलाई थप समस्या परेको हो   । केरा विक्रि गरी आफ्नो दैनिकि चलाउदै आएका सान सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा कोरोनाका कारण असी प्रतिशत ब्यपार घटेको बताउनु हुन्छ । दैनिक सात आठ हजारसम्म केरा विक्रिबाट मात्र आम्दानी गर्ने राजमार्ग छोउछाउका ब्यपारीहरु अहिले दुई तिन हजारमा नै चित्त बुझाउनु पर्ने भएको बताउनु हुन्छ । यास्तो ब्यपारले लगानी गरेको मुल्य पनी उठाउन नसक्ने ब्यपारीहरुको गुनासो छ । ब्यपार  कम हुन थाले पछी कतिपय साना ब्यपारीहरु त विस्थापित समृेत भई सकेको छन् । पृथ्वी राजमार्ग आसपासमा बसी अन्य ब्यपार ब्यवसाय गर्नेहरुको अवस्था अहिले कोरोना भईरसको संक्रमणका कारण निकै दयनीय बनेको छ । होटल संञ्चालकदेखी यस्ता सान सडक ब्यपारीहरु पनी ग्राहाकको पर्खाईमा वसी रहनु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।जस्का कारण सडक छेउ छाउमा राखेर ब्यपार गर्ने कृषी उपजहरुको मुल्उमा समेत गिरावट आउन थालेको छ ।यसरी विक्रि गर्ने धेरै जसो बस्तुहरु स्थामनीय प्रजातीका हुन् ।

प्रतिक्रिया दिनुहोस