X (current)

विहान वेलुकीको गर्जो टार्न समेत समस्या पर्न थालेपछी बालुवा मजदुरहरु पुनः काममा र्फन थाले

  Bikaspost   31 May, 2020


धादिङ । विश्व व्यापी महामारीको रुपमा फैलदै गई रहेको कोरना आर्थात कोभिड–१९को रोक थाम र संक्रमण फैलन नदिन सरकाले गरेको लक डाउनका कारण समस्यामा परेका बालुवा मजदुरहरु पुनः काममा र्फन थालेका छन् ।

            लक डाउनले गर्दा  मजदुरी गर्न नपाएको लामो समय भएका कारण  विहान वेलुकीको गर्जो टार्न समेत समस्या पर्न थालेपछी बालुवा मजदुरहरु काममा फर्कन थालेका हुन् ।

             विषेस गरी त्रिशुली नदिबाट बालुवा निकाल्दै विक्रि गर्ने उनिहरु यस पटक समय अगावै नदीमा बालुवा झिक्न बाध्य भएका हुन् ।

             हरेका समय त्रिशुली नदीबाट बलुवा निकाली त्यसको आम्दानीबाट दैनिक गुजारा चलाउनहरुे धादिङ स्थित घाटवेसीमा  करिव एक सय घर धुरी राई समुदायका मानिसहरु मात्र रहेका छन् ।

             वर्षात सुरु भए पछी मात्र त्रिशुली नदीबाट बालुवा निकाल्ने काम गर्दै आएका उनिहरु यस वर्ष लक डाउनका कारण अन्य काम नपाए पछी नदीमा बाढी आउनु अगावै बालुवा झिक्न थालेको बताउछन् ।

            यसो त कुनै पनी निकायबाट आफुहरुलाई राहातको ब्यवस्था समेत नभएको गुनासो गर्दै खानकै समस्याका कारण जोखिम मोलेर आफुहरुले बालुवा निकाल्नु परेको उनिहरु बताउछन् ।

            मजदुरहरुले वर्षाको समयमा किनाराबाटै बालुवा निकाल्न सक्ने भए पनी अहिले नदीमा नै डुब्नु पर्ने बाध्यता रहेको छ ।

            उनिहरु समुहगत रुपमा मिलेर पालै पालो बालुवा निकाल्ने र विक्रि गर्ने गर्दछ ।

                             प्रति ट्रिपरको छ देखी सात हजारमा विक्रि हुने बालुवाबाट दैनिक अहिले मजदुरहरुले पाँच  सयसम्म आम्दानी गर्ने गरेका छन् ।

             राजधानी लगाएत जिल्लाका विभिन्न स्थानहरुमा   ट्रिपरहरु चल्न थालेका कारण बालुवा  विक्रि हुन थालेको मजदुरहरुको भनाई छ ।



             धादिङ जिल्लाबाट मात्र दैनिक पाँच सयको हाराहारीमा निर्माण समग्री लिएर ट्रिपरहरु राजधानीलगाएत जिल्लाका विभिन्न भागमा जाने गर्दछ ।
प्रतिक्रिया दिनुहोस