X (current)

शहरीमा भन्दा ग्रामिण भेकमा स्थनपान राउने आमाहरुको संख्या धेरै

     5 August, 2018


धादिङ । बच्चा जन्मिए पछी स्तनपान गराउने आमाहरुको संख्या धादिङको शहरी क्षेत्रमा भन्दा ग्रामिण भेगमा धेरै रहेको पाइएको छ । ग्रामिण भेगका करिव ७०प्रतिशत शुत्केरी आमाहरुले नवजात शिशुलाई स्तनपान गराउने गरेको पाईएको छ भने शहरी क्षेत्रमा यसको अनुपात निकै कम रहेको एक अध्यनले देखाएको छ ।

गाँउमा सुत्केरी आमाले शिशु जन्मिना साथ नै आफ्नो पोसिलो दुध खुवाउने गरेको पाईएको छ ।

यसरी आमाको बेगुति दुध खुवाउदा नवजात शिशुको चौतर्फी विकासमा सहयोग पुर्याउने चिकित्सकहरुले बताएका छन् ।

अहिले ग्रामिण क्षेत्रका ८० प्रतिशत भन्दा बढी महिला प्रसुति सेवाका लागि बर्थिङ्ग सेन्टर र अस्पतालमा पुग्ने गरेका छन् ।

शारिरिक बनावट विग्रन सक्ने भन्दै शहरी क्षेत्रका महिलाहरुले नवजात शिसुलाई समेत स्तनपान नगराउने प्रबृति रहेको अध्यनले देखाएको छ ।

स्तनपान गराउदा आमाको शौन्दर्यतामा कमी नआउने बरु पाठेघरमा हुनसक्ने क्यान्सर रोगबाट बच्न सकिने र बच्चामा पनि रोगको प्रतिरोधात्मक क्षमता बढ्ने चिकित्सकहरुको भनाई छ ।

आमाको दुधमा बच्चाका लागी आवश्यक पर्ने सम्पुर्ण भिटामिनहरु पाईने भएकाले शुत्केरी आमाहरुले स्तनपान गराउनु आवश्यक रहेको छ ।

बच्चा जन्मेदेखी छ महिनासम्म आमाको दुध खुवाउन आग्रह गर्दै चिकित्सकहरुले प्लाष्टिकका बट्टामा दुध नचुसाउन पनि सल्लाह दिएका छन् ।

प्रतिक्रिया दिनुहोस