X (current)

शित भण्डारको उपकरणले काम गरेन परिक्षणका रुपमा राखिएको आलु उम्रियो ,सकियो अनुदान किसान समस्यामा

  Bikaspost   9 December, 2019


धादिङ । गत दुई वर्ष अघिदेखी धादिङको महदेववेसीमा निर्माण सम्पन्न भएको सित भण्डार अझै संञ्चालनमा आउन नसक्दा किसानहरु समस्यामा परेका छन् ।  
जिल्लामा एक मात्र  पहिले पटक निर्माण गरिएको सो सित भण्डामा आवाश्यक उपकरणहरु जडान नभएका कारण संञ्चालनमा आउन नसकेको स्थानीय किसानहरुको भनाई छ ।
भवन र त्यस भित्र राख्नु पर्ने सबै जसो उपकरणहरु जडान गरिसकेको भन्दै परिक्षणका रुपमा आलु राखेर थियो ।
सित भण्डारमा कुनै पनी तरकारी जन्य बस्तु बेमौसममा प्रयोग गर्न उपयुक्त र विक्रि गर्दा पनी राम्रो मुल्य पाईन्छ भन्देर राख्ने गरिन्छ ।


तर उक्त सित भण्डारमा भण्डारन गयिको आलु उम्रीय पछी भण्डारण भित्र जडान गरियको उपकरणले काम नगरेको पुष्टी भएको हो । कृषि विकास मन्त्रालय अन्तरगत ब्यवसायीक कृषि तथा ब्यपार आयोजनाद्धुरा तरकारीको बजारीकरण मार्फत कृषकको आयमा अभिबुद्धि गर्नका सहयोगका लागी सो सित भण्डार स्थापना गरियको हो ।
सित भण्डामा राखिएको उपकरणले काम नगर्दा स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी जन्य बस्तुहरु सस्तो मुल्यमा नै विक्रि गर्नु परेका कारण किसानलाई निकै मर्का गरेको गुनासो गरेका छन् ।
यसै गरी राज्यले लगानी गरी निर्माण गरेका यस्ता आयोजनाहरु संञ्चालनका लागी विषेस ब्यवस्थापन गर्नु पर्ने धादिङका स्थानीयहरुको भनाई छ ।
सित भण्डार ब्यवसायीक कृषि तथा ब्यपार आयोजना  विश्व बैकको ९८ लाख ४८ हजार र लाभान्वित समुहको एक करोड ५२लाख पाँच सय गरी करिव दुई करोडको लागतमा लागतमा निर्माण गरिएको हो ।


करिव पाँच सय घर परिवार किसानहरुले उत्पादन गरेका तरकारी र फलफुलहरु भण्डारणका लागी  विस हजार घनफिट क्षमताको सित भण्डार निर्माण गरिएको हो ।
ब्यक्ति समुह र फर्मबाट उत्पादीत् तरकारी जन्य बस्तुहरुलाई बजासंग जोडि समय अनुसार किसानहरुलाई उचित मुल्य दिलाउनु यस सित भण्डारको मुख्य उदेश्य रहेको छ । तर सहजै संञ्चालन हुन नसक्दा उदेश्य समेत पुरा हुन सकेको छैन । 

प्रतिक्रिया दिनुहोस