X (current)

शिद्धलेक गाउँपालीका स्थित कत्ले डाँडाका स्थानीयहरुलाई डढेलो पछी पिउने पानीको समस्या

  Bikaspost   24 March, 2021


धादिङ । जंगलमा डढेलो सल्कीय पछी शिद्धलेक गाउँपालीका स्थित कत्ले डाँडाका स्थानीयहरुलाई पिउने पानीको समस्या परेको छ ।

पहिले देखी नै पिउने पनाीको चरम समस्या भोग्दै आएका यहाँका स्थानीयहरु जंगलमा डढेलो लागे पछी त झनै समस्यामा परेका हुन् ।

यहाँका स्थानीयहरुले दैनिक प्रयोग गर्दै आएको पिउने पानी निकै टाढादेखी ल्याएको र पानी ल्याउने पाईप डढेलोका कारण विग्रिए पछी पिउने पानीको समस्या परेको स्थानीयहरु बताउनु हुन्छ ।

शिद्धलेक गाउँपालीकाले पिउने पानीका लागी डिपबोरिङ्ग गरी गाउँ गाउँमा धारो लगिदिएको भए पनी सो धारोमा पानी भने नछाडीदिएको गुनासो कत्ले डाँडाका स्थानीयहरु गर्नु हुन्छ ।

पानीको धारो राखे वापतको रकम हरेक महिना बुझाउदै आएको पनी स्थानीयहरु बताउनु हुन्छ ।

पिउने पानीकै लागी निकै समय खर्चनु पर्ने भन्दै डिप बोरिङ्गको पानी तत्काल प्रत्येक धारामा आउने गरी छाड्ने ब्यवस्था ब्यवस्था गरिदिन गाउँपालीकासंग कत्ले डाँडाका स्थानीयहरुले माग गर्नु भएको छ ।

पिउने पानीको लागी अहिले त्यहाँका स्थानीयहरुले कुवा र कता कतै खोल्सीमा जम्मा भएको पानी ल्याउन बाध्य छन् । यसो त केही स्थानीयहरुले भने निकै लामो समयदेखी ट्याङ्कीमा जम्मा भयर बसेको पानी बसेको धमीलो पानी पिउन प्रयोग गर्ने गरेका छन् ।

अब त त्यही धमीलो पनी पनी सकिन्न लागीसकेको छ । गाउँमा प¥र्याप्त पानी नै नभएका कारण जंगलमा सल्कीयको डढेलो गाउँ पसेपछी गाउँमा क्षती पु¥र्याएको हो ।

प्रतिक्रिया दिनुहोस