X (current)

शिद्धलेक गाउँपालीको नालाङ्गबाट दशैमा एउटै गाउँबाट दुई करोड पचास लाखको खसी बोका विक्रि

  Bikaspost   6 October, 2019


धादिङ । दशैका लागी उत्पादन गरेको खसी बोका  विक्रिबाट राम्रो आम्दानी भएका कारण आफुहरु  सन्तुष्टि भएको   नलाङ्गका स्थानीय किसानहरु बताएका छन् ।

           विषेस गरी नालाङ्गका महिलाहरुले सामुहीक रुपमा सहकारीमा आबद्ध भई जिविको चलाउनका लागी खसी बोका पाल्न सुरु गरेका हुन् ।     यसका लागी शिद्धलेक गाउँपालीकासंग सहकार्य गरी हेफर ईन्टरनेसनल र धादिङमा कार्यरत प्रयास नेपाल नामक एक गैर सरकारी संस्थाले सहजीकरण गरेका हुन् ।

     दशैमा मात्र शिद्धलेक गाउँपालीका स्थित नलाङ्गका महिला समुहहरुले खसी बोका विक्रिबाट गाउँमा दुई करोड पचासलाख भन्दा धेरै रकम भित्र्याएका छन् ।

     उनीहरुले बाख्रा पालनबाट  राम्रो आर्थिक आम्दानी हुने देखिए पछी अब यसलाई ब्यवसायमा नै परिणत गर्ने सोच पनी रहेको बताएका छन् ।

      धादिङको नालङ्गका विभिन्न टोल टोलमा अहिले खसी बोका किन्ने ब्यापारीहरु पुग्ने गरेका छन् ।

     विचौलीयालाई खसी बोका किसानहरुले विक्रि नगरी सिधै सहकारी मार्फत विक्रि गरेका छन् ।

     जस्ले गर्दा गाउँमा खसी बोका विक्रिबाट कति आम्दानी भयो र किसानहरुलाई कती फईदा पुग्यो भन्ने कुराको सहजै आकलन गर्न सकन्छि । यसो गर्दा किसानर उपभोक्ता दुबैलाई फाईदा पुगेको छ ।

     नलाङ्गका स्थानीय महिलाहरु अहिले घर धन्दा सकिय पछी आफुले पालेको खसी बाख्राको सिहारमा ब्यस्त हुने गरेका छन् ।

      यसरी राम्रो आम्दानी भए पछी घर चलाउन अत्यान्त सहज भएको र समुहरुमा मिलेर काम गर्दा एक आर्कामा सामाजीक सद्भाव पनी बढेको महिला किसानहरुको भनाई छ ।

     पहिले पहिले श्रीमानसंग घर चलाउ घर खर्च माग्नु पर्ने अवस्थाका नलाङ्गका महिलाहरु अहिले आफै आत्मा निर्भर समेत भएका छन् ।

     एकै परिवारले यस वर्षको दशैमा खसी बोका विक्रिबाट एकलाख पचास हजारदेखी दुईलाखसम्म बुझेका छन् । शिद्धलेक गाउँपालीकाको नालङ्गबाट मात्रै यस वर्ष एक हजार सात सय असी ओटा खसी बोका सहकारी मार्फत विक्रि गरेको तथ्याङ्ग रहेको छ ।

प्रतिक्रिया दिनुहोस