X (current)

“श्रोत भन्दा नि सोचकै कमी”

  Bikaspost   28 March, 2021


 

 

काठमाडौं ।टोखा नगपालिका स्थित दैलो इभेन्टस्को भूँईतल्लामा कार्यक्रम आयोजना गरिएको थियो । विपद् जोखिम प्रतिकार्यमा अपाङ्गता समावेशीकरण कार्यक्रममा सहभागी हुन अपाङ्गता भएका व्यक्तिहरु, उहाँहरुका परिवार सदस्य र नगरपालिकाका अधिकारीहरु समयमै जम्मा भए । तर ह्व्यिील चेयरमा आएका सहभागीहरुलाई पार्टी प्यालेसको मूख्य प्रवेदद्धार पार गर्न ठूलै कठिनाई आईलाग्योे । भर्याङका दुईटा सिढींहरु चढ्न सबैलाई सम्भव थिएन । ह्व्यिील चेयर गुडाउन मिल्ने ¥याम्प भैदिएको भए सबैलाई सजिलो हुने महशुश तत्कालै गरियो । ह्व्यिील चेयरमा आएका सहभागिहरुलाई उचालेरै भित्र ल्याउन कस्सिएका पार्टी प्यालेसका साहुजी पनि असिनपसिन भैसकेका थिए ।
“कत्रो भूल भएछ । कति राम्रो संरचना बनाएँ भनेको त अपाङ्गता मैत्री पो रहेनछ मेरो पार्टी प्यालेस । आजको घटनाले मेरो चेत खुलेको छ ।,” पसिना पुछ्दै तुलसी लामिछानेले भन्नुभयो । हामीमा श्रोतको कमी भन्दा नि सोचको कमी रहेछ । अब यो सिढींलाई तोडेर म ह्व्यिील चेयर गुडाउन मिल्ने ¥याम्प बनाउँछु ।”


सिंहदरवारभित्रैका संरचनाहरु अपाङ्गता मैत्री नभएको सन्दर्भमा नगरपालिका वा गाँउपालिकाका पूर्वाधार संरचनाहरु कस्ता होलान् जसका कारण अपाङ्गता भएका व्यक्तिहरुले कस्तो दुःख भोग्नुपरेको होला सहजै अनुमान गर्न सकिन्छ । तर त्यसको प्रत्यक्ष अनुभूति भने पर्नेलाई बढी हुन्छ ।


सामान्य अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिहरुले दिनानुदिन कठिनाई भोग्नुपरेको छ भने विपद् वा प्रकोपका समयमा उनीहरुका चुनौतिहरु कति चुलिएलान्? ती चुनौतीहरु कस्ता होलान्? के हाम्रो समाज त्यसवारे अवगत छ?
युएसएआइडीको तयार नेपाल कार्यक्रमको सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्र्थापन केन्द्र नेपालले आयोजना गरेको बैठकमा विपद् प्रतिकार्यमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरण विषयमा विचार विमर्श गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकास अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको समावेशीकरणलाई सम्बोधन गर्न नगरपालिकाले शुरु गरेको जनाउँदै आगामी दिनमा यसलाई बढाउँदै लैजाने बताउनुभयो । “नगरपालिकाभित्र बनेका सार्बजनिक संरचनाहरु बढी भन्दा बढी अपाङ्गता मैत्री हुन् भन्ने हाम्रो प्रयास छ ।

हाम्रो नयाँ कार्यालय पनि अपाङ्गता मैत्री बनाइएको छ । तर पनि यतिले पुग्दैन । अपाङ्गता भएका व्यक्तिहरु शिक्षा र स्वास्थ्यमा पछि परेका छैनन् भन्ने यकिन गर्न अनुगमन र मूल्यांकन जरुरी देखियो । अपाङ्गता समावेशीकरणमा हामीले अन्य नगरपालिकालाई केही छाप छोड्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।”
केन्द्रका अध्यक्ष राम प्रसाद ढुंगानाले मूख्यतः सामाजिक, साँस्कृतिक, राजनैतिक, पारिवारिक, अवधारणागत, र भौगोलिक अवरोधहरुले गर्दा नै अपाङ्गता भएका व्यक्तिहरुले अपेक्षित क्षमता, प्रतिभा र अनुभवलाई प्रष्फुटन गर्ने अवसर नपाएको चर्चा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विपद् जोखिमका घटनाहरु दिनानुदिन बढ्दै गइरहेकाले विपद् प्रतिकार्यमा अपाङ्गता समावेशीकरण स्थायी विषय हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस