X (current)

संक्रण बढेपछी जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावाश्यक बाहेक सम्पुर्ण सेवा बन्द

  Bikaspost   23 January, 2022


धादिङ । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

ओमिक्रोनको संक्रमण दैनिक जासो बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार सूचना प्रकाशित गर्दै ९ गते आईतबारदेखि अर्को सुचना जारी नभएसम्मको लागि अत्यावश्यक बाहेकका काम बन्दा गराएको हो ।

कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा बढिरहेको र पछिल्लो समय जिल्लामा पनि संक्रमण तीब्र रूपमा फैलिएको छ । यसंगै जिल्ला प्रशासन कार्यालयमा कार्यरत धेरै कर्मचारीहरुमा पनि कोरोनासंग मिल्दाजुल्दा लक्षणहरु देखा परे पछी सेवा बन्द गराएको हो ।

कार्यालयमा सेवाग्राहीको अत्यधिक भिडभाड भई कार्यालयबाटै कोभिण संक्रमण फैलिन सक्ने जोखिमका कारण अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

कार्यालयबाट सम्पादन हुने शान्ति सुरक्षा लगायतका अत्यावश्यक कार्य बाहेक अन्य सेवाहरु जस्तै नागरीकता, राहदानी, राष्टिय परिचयपत्र, संस्था दर्तारनविकरण, नावालक परिचयपत्र, सिफारीस लगायत अन्य सेवाहरु स्थगन गरीएको सूचनामा भनिएको छ ।

यससंगै अत्यावश्यक सेवा लिन आउनु परेमा सेवाग्राहीहरुले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गरी साथमा खोपकार्ड वा खोपकार्डको फोटो लिएर आउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस