X (current)

सप्तकोशी व्यारेजको ५६ ओटै ढोका खोलियो

  Bikaspost   14 July, 2019


सप्तरी । विगत केही दिन यताको अविरल वर्षाका कारण सप्तकोशीमा पानीको वहाव बढेपछि सम्पूर्ण ढोकाहरु रातीदेखि खोलिएको छ । नदीमा पानीको मात्रा बढ्न गई बाँध तथा पुल भत्किने खतरा बढेपछि सप्तकोशी व्यारेजको ५६ ओटै ढोका खोलिएको हो । नदीमा पानीको वहाव ३ लाख ७१ हजार एक सय १० क्युसेक पुगेपछि कन्ट्रोल रुमले राती १० बजेदेखि सम्पूर्ण ढोका खोलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो । वहाँका अनुसार सप्तकोशीमा पानीको वहाव बढेसँगै सुनसरी र सप्तरी दुवै जिल्लाका कोशी तटीय क्षेत्रका वस्तीलाई सतर्क गराईएको छ । केही समयकालागि कोशी व्यारेज भएर उच्च भार वहन गर्ने मालवाहक सवारी साधनलाई आवागमनमा रोक लगाईएको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस