X (current)

सरकारले नयाँ मापदण्ड निर्धारण गर्न नसक्दा क्रसर उद्योगहरु समस्यामा

  Bikaspost   19 January, 2020


धादिङ । धादिङ जिल्लामा संञ्चालन हुदै आएका क्रसर उद्योगहरु सरकारले विगत पाँच वर्षदेखी नविकरण गरेको छैन  ।
क्रसर उद्योगहरुले मापदण्ड पुरा  नगरेको भन्दै कानुन विपरित संञ्चालन भएका कारण  सरकारले नविकरण नगरेको हो ।


पुरानो कानुन अनुसार मापदण्ड पुरा गर्न नसके पछी पुनः नयाँ मापदण्ड निर्धारण गरी यही पुस मसान्तदेखी लागु गर्ने अन्था क्रसर उद्योगहरु बन्द गर्नु पर्ने सर्त रहेको थियो ।
तर सरकराले न त सक्रसर संञ्चालनका लागी नयाँ मापदण्ड तोक्यो न त कुुनै क्रसर उद्योग नै बन्द भयो ।
जिल्लामा रहेका सबै क्रसर उद्योगहरुलाई सरकारले मापदण्ड विपरित संञ्चालन भएको र अबैध भन्दै नयाँ मापदण्ड नतोक्यसम्म बन्द गर्न निर्देशन दिएको थियो ।
गत पुस महिनाको अन्तिमसम्ममा नै यस्ता उद्योगहरु बन्द हुनु पर्नेमा निर्वाद संञ्चालन हुदै आएका छन् ।
जिल्लामा बन क्षेत्र नजिक, खोला ,नदी किनारामा र राजमार्ग छोउछाउमा यस्ता दर्जानौको संख्यामा क्रसर उद्योगहरु  निर्वाद चलीरहेका छन् ।
प्रकृतकि रुपमा विनास ल्याउने राजमार्गको सोभा विगार्ने र सरकरालाई तिर्नु पर्ने राजश्व समेत यस्ता उद्योगहरुले छली गर्दै आएको छ ।
अनुगमन गर्ने जिम्मा पाएको स्थानीय तहहरुले गरेको बेवास्था र  राजनीतीक संरक्षणका कारण यस्तो अवस्था आएको हो ।
उता धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ग भने जिल्ला प्रशासन कार्यालयलाई अहिले खानी र यस्ता क्रसर उद्योगहरु बन्द गर्ने अधिकार नभएको सबै अधिकार स्थानीय तहमा दिएका कराण हस्तक्षेप गर्न मिल्ने बताउनु हुन्छ । तर स्थानीय प्रशासनको भुमीकामा कुनै कमी नहुने पनी प्रमुख तामाङ्गले बताउनु भयो ।
धादिङ जिल्ला भर भएका पचास क्रसर उद्योगहरु मध्य  ३७ ओटा उद्योगहरु घरेलु तथा साना उद्योग धादिङ  र कम्पनी रष्ट्रिारको कार्यालयमा दर्ता भई संञ्चालन हुदै आएका छन् । तर ति सबै उद्योगहरु पाँच वर्षदेखी नविकरण भएका छैनन् ।  

प्रतिक्रिया दिनुहोस