X (current)

सरकारी कार्यालयका भवन बन्यो तर अधिकाम्स खाली

  Bikaspost   9 September, 2019


धादिङ । भुकम्प पछी पुनःनिर्माण भएका  धादिङको सरकारी कार्यालय परिसरका सरकारी भवनहरु अधिकाम्स खाली बसेका छन् ।


जिल्लामा भुकम्प पछी निर्माण भएका सुविधा सम्पन्न ति भवनहरु प्रयोग गर्ने कार्यलयहरुका कर्मचारीहरुको संख्यामा कमी  भएका कारण पनी अधिकाम्स भवनहरु खाली हुन पुगेका हुन् ।
सरकराले पायक पर्ने स्थानीय तहका विभिन्न विषयगत कार्यालयका लागी यस्ता भवनहरु प्रयोग गर्न दिने कानुनको अभावका कारण पनी समस्या आएको हो ।


यसै गरी जिल्लामा आएका सरकारी स्वमित्वका  विभिन्न कार्यालयहरु भाडामा बस्ने प्रवृदिका कारण पनी यस्तो अवस्था आएको हो ।
अहिले धादिङमा यस्ता दर्जनौ सुविधा सम्पन्न भवनहरु खाली बसेका छन् अझै अरु भवन धमा धम निर्माण पनी भई रहेका छन् ।

भुकम्पका कारण पुराना सरकारी कार्यालयका भवनहरु सबै जसो भत्कीय पछी पुन निर्माणका क्रममा अहिले ठुला ठुला सुविधा युक्त भवनहरु बनेका हुन् ।


निर्माण भएका भवनहरु अपाङ्ग मैत्रि र लैङ्गिकमैत्री छन् । पहिले सबै कार्यालयहरु जिल्ला सदरमुकाममा नै बसेकोमा हाल स्थानीय तहहरुमा नै सबै जसो कार्यालयका शाखाहरु गए पछी जिल्लाका अधिकाम्स यस्ता भवनहरु प्रयोग विहिन बन्दै गएको हो ।


जिल्ला सदरमुकामा अहिले सरकारी कार्यालयहरु थोरै र भवन धेरै भएका छन् ।
जिल्लामा भुकम्पका कारण भत्कीयका सरकारी कार्यालयका ४६ ओटा भवनहरु मध्य सबै जसो निर्माण भई सकेका छन् ।
जिल्लाका दुर्गम स्थानीय तहहरुले सदरमुकाम आसपासमा नै महङ्गो मुल्यमा घर भडामा लिई कार्यालय संञ्चालन गर्नुको साटो यस्ता सरकारी कार्यालय परिसरकै भवनहरु प्रयोग गर्दा सरकारी रकमको दुरुपयोग हुनबाट बच्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस