X (current)

सरकाले चेपाङ्गको लागी चिउरीको जंगल संरक्षणका साथै चिउरीको बृक्षा रोपाण गर्ने

  Bikaspost   13 December, 2020


धादिङ । सिमान्तकृत चेपाङ्ग समुदायको आर्थिक स्थर उकास्नका लागी धादिङ, चितवन र मकवानपुमा लोप हुने अवस्थामा पुगेको बनस्पती चिउरी संरक्षण सुरु गरेको छ ।
चेपाङ्ग समुदायसंग चिउरीको संस्कृतीक एवं पौराणीक महत्व जोडिएकाले यसलाई आर्थिक महत्वसंग जोड्न पनी यसको संरक्षण सुरु गरेको हो ।
चिउरीको बजारीकरण गरी चेपाङ्ग समुदायको आर्थिक अवस्थामा सुधार गर्नका लागी  उद्योगसम्म जोड्ने बाग्मती प्रदेश सरकारको लक्ष्य रहेको छ ।
चिउरीका रुख विरुवा संरक्षण गरी त्यसको दान संकलन गर्ने र  घ्यु  तेलको उत्पादन गर्नका लागी चेपाङ्ग समुदायका मानिसहरुलाई बाग्मती प्रदेश सरकार अन्तरगत उद्योग पर्यटन वन तथा  वातबरण मन्त्रालयले सहयोग  गर्ने छ ।
तत्कालका लागी  चेपाङ्ग समुदायमा चिउरीको आर्थिक महत्व बुझाई  जंगलमा भएका चिउरीका बोटहरुको संरक्षणका लागी चेपाङ्ग समुदायका मानिसहरुलाई नै अग्रसर गराईने छ ।
प्रदेश सरकार अन्तरगत उद्योग, पर्यटन वन ताथा वाताबरण मन्त्रालयले  चितवन धादिङ र मकवानपुरबाट सो कार्यक्रमको सुरुवात गर्ने मन्त्रालयका सचिव डाक्टर शिन्धु प्रशाद ढुङ्गानाले जानकारी दिनु भएको छ ।
चेपाङ्ग जातीको बसोवास रहेका तिनै जिल्लामा चिउरीको कती रुखहरु कती छन् भन्ने सर्वेक्षण समेत मन्त्रालयले गरिसकेको  छ  ।
यससंगै चिउरी प्रशोधनका लागी आधुनीक मेशिन खरिद गरी मेशीन  राख्ने भौतीक संरचना निर्माण  र उद्योग दार्ता पनी चेपाङ्ग कै नाममा यसै आर्थिक वर्षमा गरिने  छ  ।
पछिल्लो समय बढ्दो ग्रामिण सडक विस्तारका कारण जंगल मासिने क्रममासंगै जंगली चिउरीको बोटहरु पनी फडानी भएकोले गर्दा चिउरी मासिदै गएकोमा चेपाङ्ग अगुवाहरुले चिन्ता समेत ब्यक्त गर्नु भएको छ । बाग्मती प्रदेश भित्र चेपाङ्ग समुदायका मानिसहरुको मुख्य  बसोवास रहेको धादिङ , मकवानपुर र चितवनमा एघार लाख चिउरीका बोटहरु रहेको र आठ लाख बोटबाट उत्पादन लिन सक्ने आकलन मन्त्रालयले गरेको एक सर्बेक्षणले देखाएको छ ।
जंगलमा मात्र पाईने चिउरीलाई ब्यवसायीक रुपमा उत्पादन गर्नका लागी  यसै आर्थिक वर्षमा तिस हजार बारुवा उत्पादन गरी बृक्षा रोपण गर्ने समेत मन्त्रालयले  जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस