X (current)

सवारी दुर्घटना हुदा नदीमा परी बेपत्ता भएकालाई क्षतीपुर्ती दिने कानुन नभएले समस्या

  Bikaspost   28 November, 2019


धादिङ । सार्लाही औरहीका सत्तरी वर्षीय परिक्षन शाह क्षती–पुर्तिको माग गर्दे जिल्ला प्रशासन कार्यालय धादिङ धाउन थालेको निकै महिना भयो, उनले अहिलेसम्म पाउन सकेको छैन ।
उनि मात्र होईन सर्लाहीकै बासुदेव दाश आफ्ना एकै परिवारको ६ जना सवारी दुर्घटनामा परी वेपात्ता भएको बताउदै क्षतीपुर्ती माग गर्दै जिल्ला प्रशासन  कार्यालय धादिङ आई पुगेका छन् ।
यसो त सोही ठाँउका बद्रि कुमार मिश्र पनी धाउन थालेको निकै भयो ।
गत ६ महिना अघी पृथ्वी राजमार्गमा पर्ने सलाङ्ग घाटमा भएको सर्लाहीको बस  दुर्घटनामा परी शाह, मिश्र र दासका आफन्तहरु  बेपत्ता भएका थिए ।
उनलाई न त वस संञ्चालकले क्षतीपुर्ति दिलाउन सहयोग नै गरेको छ न त कानुनी रुपमा  कुनै निकायले नै ।


प्रहरी र  जिल्ला प्रशासन कार्यालय धादिङले कागाजाद सबै बनाई दिएको भए पनी विमा कम्पनीले भने प्रविधिक कारणले गर्दा उनिहरुलाई अझै क्षती पुर्ति नदीएको  बताउछन् ।
बस सडकबाट खसेर त्रिशुली नदीमा डुब्यो नदीमा पानीको बहाव अत्याधिक भएका कारण परिक्षन शाहका छोरा सहति अझै १९ यात्रु बेपत्ता छन् ।
क्षती पुर्तिका लागी मृत्यु भएको प्रमाणीत भएकाहरुलाई विमा कम्पनीले सजिलै राहत दिने तर बेपत्ता  भएको भने कुनै आधार नहुने र बेपत्ता भएकाहरुलाई क्षतीपुर्ति दिनु पर्ने कानुन नभएका कारण पनी समस्या उत्पन्न भउको हो ।
यसो त शाह मिश्र र दास  जस्तै बेपत्तामा परेकाहरुको आफन्तहरु पनी जिल्ला प्रशासनको र प्रहरी धाउदा धाउदा निकै हैरान भई सकेको बताउछन् । उनिहरु  त यस घटनाका प्रतिनिधि पात्र मात्र हुन् । यसरी सवारी दुर्घटनामा परी त्रिशुली नदीमा बस खस्दा वेपत्ता भएका सयौ परिवारहरुले अझै क्षती पुर्ति नपाएको गुनासो गरेका छन् ।
गत असार महिनामा सलाङ्गघाटमा सर्लाहीको बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएका मानिसहरु मात्र १९ जनाको सुची धादिङ प्रहरीसंग छ  ।


यसो त राजमार्गमा हुने अन्य सवारी दुर्घटनाका धाईते र मृतकका  परिवारहरुलाई पनी क्षतीपुर्तीका विमा कम्पनीहरुले निकै झुलाउने गरेको पाईएको छ । सरकारले यस्ता घटनाहरुलाई निकै निगरानी गर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस