X (current)

सामाजीक सुरक्षा भत्ता लिन आउनै सकस

  Bikaspost   20 November, 2019


धादिङ । सरकराले  वितरण गर्दै आएको सामाजीक सुरक्षा भत्ता लिन सदरमुकासम्म  आउन आफुहरुलाई अत्यान्त असहज भएको भन्दै गाउँ घरमा नै दिलाई दिन बृद्धा–बृद्धहरुका माग गरेका छन् ।
पहिले पहिले गाउँमा घर घरमा गई वितरण गर्दै आएको सामाजीक सुरक्षा भत्ता लिन अहिले सदरमुकाम आउनु परेको र आफुहरुलाई सह्र्रै कष्ट हुने गरेको बृद्धा–बृद्धहरु बताउनु हुन्छ ।
सरकराले सामाजीक सुरक्षा भत्ता पनी बैक मार्फत दिनु पर्ने नियम बनाएसंगै यस्तो अवस्था आएको हो ।
अझै धेरै जसो स्थानीय तहहरुमा बैक नभएका कारण झनै समस्या हुने गरेको छ ।
केही स्थानीय तहरुले बृद्धा–बृद्धहरुको सहजताका लागी सामाजीकम सुरक्षा भत्ता वितरणका बेला बैकका कर्मचारी सहितको टोली घरघरमा नै जाने पनी गरेको छ ।
विषेस गरी निलकण्ठ नगरपालीकाका दुर्गम बस्तिका सामाजीक सुरक्षा भत्ता लिने उमेरका स्थानीयहरुलाई निकै कष्ट भएको हो ।
नीलकण्ठ नगरपालीका भरीको सामाजीक सुरक्षा भत्ता कृषी विकास बैकबाट मात्र वितरणको ब्यवस्था गरिएको छ ।

सदरमुकामसम्म बैकमा आउदा एक जना साथी अनीवार्य लिई आउनु पर्ने र भन्दा वित्तिकै सवारीका साधनहरु नपाउदा पैदल नै हिडेर आउनु पर्ने बाध्यता रहेको गुनासो छ ।
बैक आई पुगे पछी पनी लामो समयसम्म पालो कुर्नु पर्दा पिडा त झनै ठुलो छ कति खेर पालो आउने भनेर घाममा बस्नु परेको  बृद्धाहरु बताउनु हुन्छ ।


धेरै जासोले त असक्त भएका कारण आफै आउन नसकी  आफ्ना नजिकका नातेदारहरुलाई र विश्वासका ब्यक्तिहरुलाई पठाउने गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस