X (current)

सोलुखुम्बुको प्रहरी चौकीमा आक्रमण गरेको समाचार झूटो : विप्लव

  Bikaspost   5 June, 2019


नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिस्ट पार्टीले सोलुखुम्बुको छेस्का प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास नगरेको बताएको छ। छेस्का सदरमुकाम सल्लेरीबाट ७५ किलोमिटर टाढा छ। विप्लव कार्यकर्ताले छापामार शैलीमा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुको एउटा प्रहरी चौकी खाली गराइएको भन्ने समाचारमा सत्यता नभएको भन्दै उक्त पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस