X (current)

स्याङ्गजामा निःशुल्क तालीमको नाममा ठगी

  Bikaspost   22 May, 2019


सुशील सुबेदी
स्याङजा । स्याङजाको वालिङ नगरपालिकाको एक व्यत्तीगत संस्थाले निशुल्क तालिम प्रदान गर्ने नाममा पैसा असुलेर फरार भएको छ । नेशनल ईम्प्लोईमेन्ट सर्भिसेज एण्ड कन्सल्टेन्सी सेन्टर नामक संस्थाले निशुल्क तालिमको बोर्ड राख्ने तर गाउँका सोझा साझा जनतालाई भ्रम फैलाई पैसा असुलेर फरार रहेको खुलेको छ ।
वालिङ ९ भुम्रेमा यस संस्थाको कार्यालय राखी बिभिन्न वडा बाट बेरोजगारीको आबेदन फर्म भर्न कर्मचारी खटाईएको थियो थियो । वालिङ १२ सिर्सेकोट घर भएका जेनीश गुरुङ मासीक ६ हजार तलब खाने गरी यस संस्थाको कर्मचारी नियुक्ती भए । उनी सहित वडा नं १२ मा मात्र ५ जनालाई नियुक्त गरिएको गुरुङले बताए । ‘गाउँ गाउँमा गएर आबेदन फर्म भरियो पैसा उठाइयो न पैसा न तालिम स्थानियले हामीलाई कि पैसा ले कि तालिम ले भन्न थाले के गर्ने प्रहरीको मा न्याय माग्न आएका छौँ गुरुङले बताए ।’
उक्त संस्थाका संञ्चालक भोज प्रशाद ढुङ्गानाले राज्यले गर्न नसकेको तालिम सहितको रोजगार प्रदान गर्ने कार्यक्रम व्यत्तीले संञ्चालन गरेको बताउदैँ दम्म देखाउने गरेको तालिममा सहभागीको भनाई छ । वालिङ नगरपालिका—३ , खाल्टेका शेरबहादुर गुरुङ दुबै मृग्रौलाका पिडीत हुन् । उनले आफ्नै गाउँमा सुन्तलाबारी अर्गानीक जुस तथा सस उद्योग संञ्चालन गरेका थिए । बजारको खोजी गरिरहेका गुरुङलाई नेशनल ईम्प्लोईमेन्ट सर्भिसेज एण्ड कन्सल्टेन्सी सेन्टर नामक संचालक भोज प्रशाद ढुङ्गानाले जुसको बजार आफूँले खोजीदिने बताउँदै संस्थामा जुस बनाउन सिकाउने प्रशिक्षकको रुपमा नियुत्त गरे । गुरुङले नेशनल ईम्प्लोईमेन्ट सर्भिसेजको प्रशीक्षकको रुपमा बिभिन्न ३ स्थानमा तालिम पनि प्रदान गरे तर तलब पाएनन् । उनले राना गाउँ , धनमुडा , सपौँदेमा सुन्तलाको जुस बनाउने तालिम प्रदान गरे । ‘प्रति व्यत्ती पाँच सयको दरले प्रमाण पत्रको दस्तुर स्वरुप पैसा उसुली गरियो तर मेरो पारीश्रमीक पाइन ’ , गुरुङले भने ,‘ निशुल्क तालिमको नाममा सर्बसाधारणलाई मात्र होईन कार्यालयका कर्मचारी बनाएर कर्मचरी पनी ठगीयाँै । ’
व्यानरमा निशुल्क तालिम लेख्ने र तालिममा सहभागीसँग प्रमाण पत्रको नाममा प्रति व्यत्ती ५०० देखी १२०० सम्म पुन असुल्दै रकम उठाएपछी संञ्चालक नै फरार रहेको वालिङ १४ की जेनीशा गुरुङले बताईन् । गुरुङलाई यस संस्थाले गाउँ गाउँमा गएर बेरोजगारी फर्म भराउने र प्रति व्यत्ती एक सय फर्म दस्तुर उठाउने गरी कर्मचारी राखेको थीयो । उनले गाउँ गाउँमा जाने आबेदन फर्म भर्ने गर्दै आएकी थिईन् । प्रति व्यत्ती आबेदन दस्तुर एक सय र तालिममा सहभागी भएपश्चात ५०० को दरले उठाउने गरेको उनले बताईन् ।‘ हामीलाई प्रयोग गर्दै रकम उठाएर सर फरार हुनुभयो गाउँका मान्छेहरु तालिम खै कि तालिम ले कि पैसा फिर्ता ले भन्छन् अब कसरी दिने ? ’ , गुरुङले भनिन् , ‘सरलाई प्रति व्यत्ती आबेदन दस्तुर बराबर १२ नं वडा बाट मात्र ९ हजार ल्याएर दिएँ । अहिले टाउको दुखाई भएको छ । ’
वालिङ ९ मा कार्यालय राखिएको थियो । ४ महिना सम्म भाडा नपाएपछी घर धनीले वडा कार्यालय , प्रहरी र स्थानीयको रोहोबरमा कार्यालयको ताला तोड्डा कार्यालय भित्रका प्रशासनीक सामान पहिले नै लगिएको वडा अध्यक्ष बसन्त श्रेष्ठले बताए । न कार्यालय छ न संस्थाका संञ्चालक नै । जनता अब सुशुचित हुन आबाश्यक रहेको बताउँदै श्रेष्ठले भने ,‘ वडा कार्यालयमा के तालिम चाहिएको हो आउनुहोस हामी प्रदान गर्छाै ठग गर्ने संघ संस्थाको पछी लाग्न आबाश्यक छैन । ’
यस्ता संघ संस्थाले सिपमुलक तालिम मात्र होईन बिभिन्न कार्यक्रमको नारा बोक्ने तर राज्यको सम्पत्ती खान जनता ठग्ने प्रबृती हाबी हुन थालेको छ । स्थानिय तहको दुरुपयोग यस्तै संस्थाले गर्न थालेका छन् । जनता र राज्यलाई ठगेर व्यत्ती मोटाउने प्रणालीको निगरानी गर्ने कस्ले हो यो भने अन्यौलको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस