X (current)

हरियो तरकारीमा भएको मुल्य बृद्धिका कारण उपभोक्ताहरुको भान्सा निकै महङ्गो बन्दै

  Bikaspost   9 April, 2021


 

धादिङ । पछिल्लो समय हरियो तरकारीमा भएको मुल्य बृद्धिका कारण उपभोक्ताहरुको भान्सा निकै महङ्गो बन्दै जना थालेको छ ।

तरकारीमा विचौलीयाको विगविगी अझै कम हुन नसक्दा यस्तो अवस्था आएको हो ।

जस्का कारण उपभोक्ता र तरकारी उत्पादक किसान दुबै मारमा पर्ने गरेको छ ।

सरकाले कृषी क्षेत्रमा विचौलीयाको अत्य गर्ने भनेको भए पनी विचौलीया नियन्त्रण अझै गर्न सकेको छैन ।

अझै विचौलीयाको मुल्यमा नै किसानहरुले आफ्नो उत्पादन छाड्नु पर्ने बाध्यता रहि आएको छ ।

किसानहरुले उत्पादन गरेको तरकारी बजारमा विक्रिका लागी लग्दा त लग्ने वित्तिकै कहिले पनी उनिहरुले तरकारी विक्र गरे वापतको रकम हात नपर्ने बताउनु हुन्छ ।

विचौलीयाले विक्रि गरिदिए पछी मात्र किसानहरुलाई विचौलीयाले आफ्नै मुल्य लगायर किसानहरुलाई रकम बुझाउने गरेको किसानहरुको भनाई छ ।

यदी तरकारी सिधै आफैले बजारमा विक्रिका लागी लग्न्े हो भने त तरकारी नै विक्रि नहुने समस्या भएको तरकारी उत्पादक किसानहरु बताउनु हुन्छ ।

तरकारी उत्पादक किसानहरुका लागी सहज होस् भन्दै कृषक सुधारका नाममा शहकारीहरु खोलीएका हुन्छ तर ति सबै शहकारीहरुमा पहिलो के्रता नै विचौलीयाहरु हुने गरेको तथ्य खुलासा भएको छ ।

त्यही सहकारीहरुमा बस्ने विचौलीयाहरुबाट विक्रि हुदै आएको तरकारी उपभोक्ताहरु माझ आई पुग्दा कम्तीमा पाँच तहको विचौलीया पार गर्दै आउने गर्दछ ।

यसरी विक्रि गरेको तरकारी सिधै किसानले उपभोक्ताहरुलाई विक्रि गर्न नपाउदासम्म किसानहरुको आर्थिक अवस्थामा पनी सुधार नआउने र उपभोक्ता पनी महङ्गीको मारमा परिरहेने गर्दछ ।

किसानहरुले पन्द्र रुपैया प्रतिकिलोमा विक्रि गरेको हरियो सिमिको उपभोक्ताहरुसम्म पुग्दाको बजार मुल्य अहिले प्रति केजी साठी रुपैया तिर्नु पर्ने बाध्यता रहेको छ, भने विस रुपैया प्रति किलोमा पाउने गोलभेडाको मुल्य झण्डै चार गुण मुल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस