X (current)

१२ वर्ष देखी वाढीपिडितको जंगलमै वास

     5 February, 2019


प्रकाश भाट

डडेल्धुरा । डडेल्धुरा परशुराम नगरपालीका ५ बसकुईराका एकदर्जन बाढी पीडित घरपरिवार १२ बर्ष भन्दा वढी समय देखी जंगलमै बस्दै आएका छन् । रगुंन नदीको बाढीले घरखेत बगाएर लगेपछि उनीहरु १२ बर्षदेखी जंगलमा निर्माण गरेको अस्थायी टहरामा वस्न बाध्य भएका हुन् ।
रगुंन नदीको बाढीले २०६३ सालमा घरखेत सबै बगाएपछि एक दर्जन परिवारको जंगलको बास सुरु भएको थियो । वर्षो विति सक्दा सम्म पनि सरोकारवाला निकायले पुर्नस्थापान नगर्दा वाढीपिडितको जनजिवन कष्टकर वन्दै गएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका ५ पर्ने बसकोईरामा रहेको सामुदायिक बनमा बस्ने बाढी पीडितहरुको खेत वारी बाढीले वगाएपछि दैनिक ज्यालादारी गरेर जिविको पार्जन गरिरहेका छन् ।
स्थानिय देखी प्रदेश ,संघिय सरकार परिर्वतन हुँदा सम्म पनि कसैले आफुहरुको सुनवाई नगरेको वाढीपिडित गुनासो गरेका छन् । गाउँमा दिनहु जसो ज्याला मजदुरी नपाईने हुँदा दैनिक गर्जो टार्नका लागि समस्या हुने गरेको उनिहरुको भनाईरहेको छ ।‘सामुदायिक वनमा वसेका छौं, कति खेर सामुदायिक वनले हटाउँने हो भन्ने चिन्ताले पिरोलिरहेको वाढीपिडित विश्राम सिह महताले वताउँनु भयो । गाउँमा भएका कारण ज्यालादारी मजदुरी नपाएको साझ भोक भोकै वस्नु पर्ने वाध्यता रहेको अर्का वाढीपिडित जुगवहादुर मगरले वताउँनु भयो ।
जंगलमा वसेका कारण हावाहुरी आएको समयमा कति खेर रुख ढलेर किच्ने हो भन्ने पिरले घरनै छोडेर सुरक्षीत स्थान तिर जानु पर्ने समेत वाढीविपिडितको वाध्यता रहेको छ । सरोकारवाला निकायलाई पुर्नस्थापनका लागि पटक पटक आग्रह गर्दा सम्म पनि आफुहरुको माँग कसैले सुनवाई नगरिदिएको उनिहरुले दुखेसो पोखेका छन् ।
स्थानिय सरकारको निर्वाचन भएको करिव दुई वर्ष भईसक्दा सम्म पनि खासै पहल नगरेपछि आफुहरुको पुर्नस्थापना हुने आश मरेर गएको वाढीपिडित देववहादुर घर्तीले वताउँनु भयो । हिउँद हो की वर्खा जुनसुकै वेला पनि जंगलमुनी वनाएको टहरा जिविन जिउनु पर्ने उनिहरुको वाध्यतानै भएको छ ।
पर्शुराम नगरपालीकाले भने नगरपालीका भित्र रहेका वाढीपिडितको पुर्नस्थापनाका लागि पहल भईरहेको जनाएको छ । नगरपाली भरीमा रहेका वाढीपिडितको लागत लिने र सोही अनुसार पुर्नस्थानाका लागि कार्यक्रम शुरु गर्ने पर्शुराम नगरपालीका डडेल्धुराका नगरप्रमुख भिमवहादुर साउँदले वताउँनु भयो ।

प्रतिक्रिया दिनुहोस