X (current)

१९ करोडको लागतमा जिल्लामै सबै भन्दा ठुलो क्षमताको कोल्ड स्टोर निर्माण

  Bikaspost   15 July, 2020


धादिङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषी तथा पशुपन्छी विकास मन्त्रालयको  अनुदान सहयोगमा निर्माण सुरु गरको कोल्ड स्टोर निर्माणको कामले गती लिएको छ ।

                 धादिङको गजुरी गाउँपालीका–६ स्थित पिंडामा निर्माण सुरु गरेको उक्त कोड स्टोर जिल्लाको सबै भन्दा ठुलो क्षमता  हो ।

                कोल्ड स्टोरका लागी भौतीक संरचना निर्माणको काम करिव पचास प्रतिशत सम्पन्न भई सकेको छ ।

                 जिल्लामा उत्पादीत् कृषी जन्य र मासु जन्य बस्तुहरु राख्नका लागी सो कोल्ठ स्टोर नेपाल सरकारको एघार करोड पचास लाख र अनुदान ग्राहीहरुले नौ करोड चार लाख बोहोर्ने गरी निर्माण १९ करोड ५५ लाखका लागतमा निर्माण सुरु  गरेको हो ।

                 सात ओटा तल्लामा सबैमा कोल्ठ स्टोर संचान गरिने छ । जिल्लामा उत्पादीत् बेमौसमी र मौसमी तरकारी तथा फलफुलहरु स्टोर गरी राख्ने सो कोल्ड स्टोर चार हजार नौ सय ९४ मेट्रिक टन क्षमताको हुने छ ।     कोड स्टोर निर्माण पछी जिल्लामा तरकारी उत्पादन गर्ने किसानहरुलाई निकै सहज हुने र उत्पादीत तरकारी कोल्ड स्ठटोरमा राखी उत्पादन नहुने सिजनमा निकाली विक्रि गर्न सक्ने भएकोले कृषकहरुको आम्दानीमा बृद्धि हुने भन्दै किसानहरु खुशी समेत भएका छन् ।

                                तरकारीको उत्पादनको राम्रो हिस्सा ओगटेको धादिङ जिल्लामा यस अधि पनी नेपाल सरकारको अनुदानमा कोल्ड स्टोर निर्माण भई सकेको छ ।

                निर्माण भएको कोल्ड स्टोर  संञ्चालनमा अझै ल्याउन नसक्दा किसानहरुले उत्पादन गरेको तरकारी तथा फलफुलहरु उत्पादन लगत्तै सस्तो मुल्यमा छाड्न बाध्य भएका छन् ।

                अहिले निर्माणाधीन अवस्थामा रहेको जिल्लाकै सबै भन्दा ठुलो कोल्ड स्टोर २०७५ सालमा निर्माण सुरु गरेको र २०७७ माघ महिनासम्म सम्पन्न गर्ने लक्ष्य रहेको पनी जनाईएको छ । कोरोनाको कारणले काममा भने केही सुस्तता आएको निर्माण साझेदारी कम्पनी क्वालीटी कोल्ड सटोरेजले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस