X (current)

२०२०लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गर्दै धादिङ

  Bikaspost   22 November, 2019


धादिङ । भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै धादिङमा अत्याधिक पर्यटक भित्र्याई  उनिहरुको बसाईका लागी सहज बनाउन  ठुला ठुला होटलहरु संञ्चालनमा आउन थालेका छन् ।
सरकराले २०२०लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहदा धादिङमा पनी पर्यटकहरुलाई लक्षित गर्दै सुविधा सम्पन्न र  तारे होटलहरुले दिने सुविधार सहतिका होटलहरु खोलेको हो ।  यसरी संञ्चालनमा ल्याईएका होटलहरु विस जनादेखी एक जानसम्म पर्यटक राख्ने  क्षमताका छन् ।
केही वर्ष अघिसम्म राजमार्ग छेउ छाउमा मात्र खेलीने यस्ता सुविधा युक्त होटलहरु अहिले धादिङको सदरमुकाम  आसपासका क्षेत्रहरुमा पनी खोलीएको हो ।
यस्ता होटलहरु भ्रमण वर्ष २०२०को  पुर्व सन्ध्या परेर आगमी महिनाबाट संञ्चालनमा ल्याउने तयारी भई रहेको सञ्चालकहरुको भनाई छ ।
नेपालका  मुख्य मुख्य पर्यटकीय शहरहरु आउन जानका लागी धादिङ हुदै जानु पर्ने तर आवाश्यक पुर्वाधारहरुको कमीका कारण पर्यटकहरुको बसाई यस जिल्लामा नहुने भएका कारण धादिङमा पर्यटकहरु राख्न जिल्ला सदरमुकाममा युवाहरुको सक्रियतामा नै आधा दर्जन  होटहरु खेलेका हुन् ।  
धादिङ जिल्लामा पनी निकै   महत्व पुर्ण पर्यटकीय स्थलहरु भएको तर  खाने बस्ने राम्रा होटलहरु नभएका कारण पर्यटकहरु  काठमाण्डौ अथवा चितवन र पोखरा बस्ने जाने गरेकोमा सुविधा युक्त  होटल खुलेसंगै धादिङमा नै बस्ने अपेक्षा संञ्चालकहरुको छ ।

जिल्लामा अहिले  सात आठ करोडदेखी विस करोडसम्म लगानीमा होटलहरु संञ्चालनमा आउन  थालेका छन् ।
यसरी होटलहरु खुले पछी भने पर्यटकीय गतिविधिका लागी  आवाश्यक पर्ने कार्यक्रमहरु  सरकराले विभिन्न स्थानहरुमा गरिदिनु पर्ने माग स्थानीय युवा उद्योमीहरुको छ ।
धादिङको सदरमुकाम राजमार्गदेखी भित्र भएको र यही बाटो हुदै गणेश हिमाल पदयात्राका लागी सहज हुने तर अवाश्यक पुर्वाधार नभएका कारण पर्यटकहरुले रसुवाको बाटो प्रयोग गर्ने गरेका थिए जस्का कारण धादिङमा  पर्यटकीय गतिविधि सुन्य जस्तै बन्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस