X (current)

कर्णालीमा रोजगारीका आधारहरु तयार हुँदै – मन्त्री डोलप्रसाद अर्याल

  Bikaspost   8 June, 2024


सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवद्र्धनका आधार तयार हुँदै गएको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले समृद्धिका लागि अथाहा सम्भावना बोकेको कर्णाली प्रदेशलाई संघ सरकारले ढोका मात्रै ढकढकाई दिने बताउनु भएको हो । रोजगार मेलामा कर्णाली अब आफै सक्षम र सामाथ्र्य राख्ने भएको देखिएको उहाँको भनाइ थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको युवा शक्तिलाई मुलुक भित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीति सुधार ल्याउन आवश्यक रहेको औल्याउनु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रोजगारी र उद्यमशीलताका लागि धेरै योजनाहरु प्रदेश सरकारले अघि सारेको पनि जानकारी दिनु भयो ।

 

उहाँले सरोकारवालाई एकै ठाउँमा ल्याएर रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको श्रमाधान रोजगार मेलाको आयोजन गरेको प्रति संघ सरकारलाई धन्यवाद समेत दिनु भयो । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गाबहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भएपनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्यांकन नभएको बताउनु भयो । उहाँले नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप इन्जियनियरको भन्दा कम नहुँदापनि यसले प्रमाणपत्र पाउन नसक्दा सीप भएका नेपाली युवाको पहिचान र मूल्यांकन हुन नसकेको उल्लेख गर्नु भयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका मेयर मोहनमाया ढकालले स्थानीय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नती ढोका खोल्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । आगामी दिनमा कर्णाली दुर्गम र गरिब छ भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो । मेलामा सरकारी तथा नीजि क्षेत्रको गरी ४० वटा स्टल राखिएका छन् । विभिन्न बिषयक कार्यशाला, सास्कृतिक कार्यक्रम पनि मेलामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस