काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना तीनजना चिनियाँ कामदारको मृत्यु ,तिन घाईते

Bikaspost 2 May, 2022
मकवानपुर । मकवानपुरको मकवानपुरगढी १ घट्टेपाखा स्थित काठमाण्डौँ–तराई द्रुतमार्ग निर्माणस्थलमा माटो फाल्ने क्रममा लोडर दुर्घटना हुँदा तीनजना चिनियाँ कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा एक नेपाली नागरिक तथा दुई चिनियाँ नागरिक गरि थप तीनजना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको तथा मृतकको शरिर हेटौँडा अस्पताल ल्याईएको मकवानपुरका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताउनु भयो ।