X (current)

गोलभेडा खेतीमा रोगको महामारी किसान समस्यामा

  Bikaspost   21 April, 2021


धादिङ । किसानहरुले ब्यवसायीक रुपमा गरेको बेमौसमी गोलभेडा खेती रोगका कारण सखाप हुने अवस्थामा पुगे पछी धादिङका किसानहरु थप चिन्तामा परेका छन् ।
तरकारी पकेट क्षेत्रबाट ब्लकको विकासमा लागेको धादिङको धुनीवेसी क्षेत्रमा किसानहरुले लगाएको उन्नत जातको गोलभेडामा रोग सुरु भएको हो ।
तरकारी पकेट क्षेत्रको रुपमा विकास भएको धुनीवेसीमा प्रत्येक दुई सयदेखी तिन सय रोपनीमा एउटै प्रकारको तरकारी बाली लगाउ किसानहरुले सुरु गर्नु भएको छ ।
जस्का कारण उत्पादन विक्रिका लागी पनी सहज हुने र हरेक मौसरमा उत्पादीत बस्तुहरुको बजार पनी सुरक्षित हुने भनाई छ ।
तर रोगले गोलभेडा बाली सखाप नै भएको छ । गोलभेडामा टुटा र माईट् प्रजातीका किराहरुको संक्रमण कारण बाली सखाप हुदै गएको हो ।
ति प्रजातीका किराहरुले गोलभेडा बालीमा फुल खेल्न सुरु गरेको मुन्टा खाई दिने र बोट भरी माकुराको जालो जस्तो बनाई ढाकी दिन थाले पछी गोलभेडा बाली सखाप भएको हो ।
बेमौसमी गोलभेडा खेती अहिले सबै जसो सो क्षेत्रमा मरेको छ । किसानहरुले सिकटनासक विषदीको प्रयोग गर्दा समेत माईट्स र टुटा प्रजातीका कुनै पनी किराहरु नियन्त्रणमा नआएको बताउनु भएको छ ।
यस भन्दा पहीले धादिङको सोही क्षेत्रमा लसुनमा एक प्रकारको डडुवा रोगको महामारीका कारण बाली नै सखाप भएको थियो ।
कृषी प्रविधिकहरुले गोलभेडा बालीमा लागेको रोग पत्ता लागीसकेको बताउदै अब यसको निदान र उपचार सुरु भई सकेकोले आर्को सिजनबाट भने बालीमा रोगको नियन्त्रण गर्न सकिने बताईएको छ ।
कृषी ज्ञान केन्द्र धादिङका प्रविधिकहरुले अहिले सो रोगको उपचारका लागी औषधी सुरु गरेको पनी जानकारी दिईनु भएको छ ।
तर किसानहरु भने आफ्नो लगानी डुब्ने चिन्त्तामा परेका छन् । किसानहरुले गोलभेडा लगाएको सयौ ग्रिन हाउस र टडेल धुनीवेसी क्षेत्रमा यस्तो रोग देखा परेको छ । रोग लागेको गोलभेडाको उखेलेर आगोले डढाउने योजनामा किसानहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस