X (current)

चिप्लो सडक ,पूर्व पश्चिम राजमार्ग अवरुद्ध

  Bikaspost   6 June, 2024


पूर्वी नवलपरासी  । सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध धनमाया भुसाल नवलपुर, २४ जेठ पूर्वी नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा राती देखि परेको वर्षाको कारण सडक चिप्लो हुँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

दाउन्ने खण्डको पुर्व र पश्चिम दुवै तर्फ बाट सडक चिप्लो भएका कारण यातायात सन्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिनुभयो । सडक चिप्लो भए पछि दाउन्ने पहाडको पुर्व दुम्किवास र पश्चिम बर्दघाट बाट यातायात चल्न सकेको छैन ।

सडक संचालनको लागि प्रहरीले चिप्लो माटो पन्छाउने काम गरिरहेको जनाएको छ । त्यस्तै जिल्लाको गैंडाकोट थुम्सीमा सडकमै टिप्पर बिग्रीए पछि एक तर्फी रुपमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम समयमै नसकिदा पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस