X (current)

जनप्रतनिधि सेवक हुन भन्ने उदाहरण देखाउन उम्मेदवारी–राजकुमार श्रेष्ठ (डाँडाघरे)

  Bikaspost   1 May, 2022


 

धादिङ । मुलुक संघीय संरचनामा गएपछि भएको निर्वाचनमा गाँउगाँउमा सिहंदरवार नाराले मतखाता आर्कषित भए । सोही अनुसार चर्को नारा नाउनेहरुले विजय प्राप्त गरे । तर गाँउगाँउ सिंहदरवारको सट्टा जनप्रतिनिधि सिहं भएर शासन गरेको देखेर जनप्रतिनिधि सेवक हुन भन्ने उदाहरण देखाउन वडा अध्यक्षको उम्मेदवार भएकाछन् राजकुमार श्रेष्ठ । नेपाली कांग्रेसले आफु अनुकुल उम्मेदवारलाई टिकट दिएकाले आफुलाई जनता अनुकुल ठानेर अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बनेको छु । जिल्ला सदरमुकाम धादिङशेसेसी नीलकण्ठ नगरपालिका वडा नं. ३ मै पर्दछ । जिल्ला सदरमुकाममा जिल्ला भित्रका मात्र मानिस होइन देश भित्र र बाहिरका मानिस आँउछन् । जिल्ला सदरमुकाम छ भन्न पनि अप्ठ्यारो लाग्ने अवस्था रहेकोले नमूना सदरमुकाम र वडा बनाउन आफु स्वतन्त्र उम्मेदवार बनेको श्रेष्ठले बताए । लामो समयदेखि धादिङवेसीमा व्यावसायका साथ सामाजीक क्षेत्रमा सक्रिय रहेकय श्रेष्ठ सबैको   माँझ परिचित र लोकप्रिय रहेकाछन् । उनले जनप्रतिनिधि शासक नभई सेवक हुनु पर्ने भन्दै केही संकल्प गरेरकाछन् ।

वडाका सवै घरपरिवारमा २४ घण्टा खानेपानीको सुनिश्चितता गर्ने, जेष्ठ नागरिक र वालवालिका लक्षित पार्क निमार्ण गर्ने, महिला तथा यूवाहरुलाई उद्यमशिलता तालिम दिने, समान र प्रभावकारी सेवा प्रवाह गर्ने, विकासमा सक्रिय जनसहभागिता गराउने, स्थानीय श्रोत पहिचान र परिचालन गर्ने, जिल्ला सदरमुकाम रहेका वडाहरु मध्य नमूना वडा बनाउने, व्यवस्थित वस पार्क र व्यवस्थित पार्किङ व्यवस्था, व्यवस्थित तरकारी बजार तथा विक्री केन्द्र बनाउने सहितको योजना रहेकोले नीलकण्ठ नगरपालिका वडा नं. ३ को वडाँध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार मनोनयन गराई गुलाब चिन्ह लिएको श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस