टिमुरेमा, पहिरो बेपत्ता मध्ये नौ जनाको शब फेला –भिडियो सहीत
27 July, 2018
रसुवा लाई अर्कों ठुलो पिडा पहरा बन्यो छहराराती १२ बजे गएको भीषण पहिरोमा परी हाल सम्म ९ जनाले ज़्यान गुमाए ।
Posted by Kaji Bahadur Rai Hayu on Wednesday, July 25, 2018
रसुवा । रसुवाको गोसाँईकुण्ड गाँउ पालिका वडा नम्बर दुई स्थित टिमुरे बजारको प्रहरी चेक पोष्ट रहेको स्थानमा गए राति बाह् बजे गएको पहिरोमा परि बेपत्ता मध्ये नौ जनाको शब फेला परेको छ । मृत्यु हुनेमा गोसाईकुण्ड गाउँपालिका थुमन १ का मिङमर गोम्बो तामाङ र सोहि गाँउपालिका बडा नम्बर दुई का दोर्जे वाङ्चु घले र उनकी श्रीमती कार्साङ चिमु घले रहेका छन । त्यस्तै नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनी रहेका छन उनीहरुको शब पोष्टमाटमका लागि टिमुरे स्वास्थ्य संस्थामा राखिएको छ पोष्टमाटम भए लगत्तै उनीहरुको शब आफन्त जनलाइ बुझईने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । यसै गरि सिन्धुपाल्चोक भोटेकोसी–४ का श्याम श्रेष्ठ ,बिक्रम श्रेष्ठ,मंगल तामाङ, र सिन्धुपाल्चोक भोटेकोसी – ५ को रेशम खड्का तथा गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १ थुमनका मिङमर गोम्बो तामाङ को शनाखत भएको शव कैलास एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको रसुवा प्रहरीले जनाएको छ । पहिरोका कारण प्रहरीको चेकपोष्ट सहित दुई घर बगाएको छ भने एक पक्कि घरमा क्षति पुराएको छ ।। पहिरोका कारण बन्द भएको सडक समेत हिजो साँझ बाट सुचारु भएको छ ।