ढुंगाखानीमा पहिरो जाँदा दुईको मृत्यु, एकजना घाइते

Bikaspost 15 September, 2022
काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले पुरिएर २ जनाको मृत्यु हुनका साथै एकजना घाईते भएका छन् ।
अविरल बर्षाका कारण खानीमाथिबाट खसेको पहिरोमा परी स्थानीय निरबहादुर तामाङको कच्ची तीन तले घरसहित दुई स्काभेटर समेत पुरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार खानीमाथिबाट झरेको पहिरोमा परी निरबहादुर तामाङ र सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
बिहान साँढे तीन बजे पहिरोमा परी घाईते भएको लादुलुङ तामाङ (ठुलीमाया) गम्भिर घाईते भएर बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भईरहेको जनाएको छ । घटनाको बारमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।-