धादिङको थाक्रेमा कृषी पर्यटनको विकासका लागी अंगुर खेती, विस करोडको लगानी

Bikaspost 16 June, 2019
धादिङ । एक दशक लामो समय बैदेशीक रोजगारीमा वितायका थानकोटका कुमार कार्की अहिले धादिङको थाक्रे गाउँपालीका स्थित केवलपुरमा अंगुर खेती गरेर बसेका छन् ।
नेपालमा एग्रो टुरिजमको अत्याधिक सम्भावान भएको भन्दै एग्रो टुरिजमको विकासका लागी उहाँले एक सय चालीस रोपनी क्षेत्रफलमा अंगुरको ब्यवसायीक खेती सुरु गरेका हुन् ।
एग्रो टुरीजमको विकास गर्न सके ग्रामिण क्षेत्रका स्थानीयहरुको आयस्थरमा सुधार गर्न सक्न्े उहाँको भनाई छ ।
आफुले गरेको खेती हेर्न हरेक हप्ता अहिले स्वदेशी तथा विदेशी पर्यटकहरु आउन थालेको उहाँ बताउनु हुन्छ । उहाँले अंगुर खेतीबाटै पनी राम्रै आम्दानी लिन थाल्नु भएको छ ।
जिल्लामा नै पहिले र एक मात्र अंगुर फार्ममा गत वर्षको तुलनामा राम्रो अंगुर उत्पादन भएको उहाँ बताउनु हुन्छ ।
अंगुरले गत दुई वर्ष अघिदेखी उत्पादन दिन सुरु गरेको हो । प्रत्येक वर्ष उत्पादन बड्दो भएकोले उहाँलाई खेती प्रति संतोष रहेको बताउनु हुन्छ ।
यस वर्ष उत्पादन चालीस मेट्रिक टन पुग्ने उहाँको भनाई छ । विषेस गरी जुस र वाईन वनाउनका लागी प्रयोग हुने विस प्रजातीका अंगुर आफ्नो फर्ममा रहेको किसना कार्कीको भनाई छ ।
राजधानीबाट नजिक र उत्पादीत् बस्तु विक्रिका लागी बजार पु¥याउन समेत सहज भए पछी यस वषदेखी अंगुर र्फाममा नै जुस र वाईन बनाउने उद्योग समेत खेलेका छन् ।
विस करोडको लागतमा सुरु गरिएको अंगुर खेती र उद्योगबाट अहिले प्रति वर्ष चारदेखी ६ करोड आम्दानी गर्ने गरेको बताउछन् । आगामी वर्षहरुमा अब आम्दानी समेत बड्ने उहाँको भनाई छ ।
राज्यबाट आफुलाई कुनै सहयोग नभएको बताउदै आफुले जस्तै सबै युवाहरुले ब्यवसायीक रुपमा नै कृषी कर्ममा लाग्ने हो भने कोही ब्यक्ति पनी बैदेशीक रोजगारीमा जानु नपर्ने बताउछन् ।
पाखो र भिरालो जमीनको उचित ब्यवस्थापन गरी गरिएको अंगुर खेती जिल्लामा नै अहिले नमुना बनेको छ । सो अंगुर र्फाममा अहिले पचास जान भन्दा धेरै स्थानीयहरुले रोजगारी समेत पाएका छन् ।