X (current)

नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु

  Bikaspost   10 July, 2019


भोजपुर । भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव) समूह र प्रहरीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामको हटिया लाइनमा भिडन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका सोलुखुम्बुका जिल्ला ईन्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतीवडाले जानकारी दिनु भयो । अर्का एक प्रहरी खेमनाथ भट्टराई घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना भए लगातै भोजपुरमा सुरक्षा व्यवस्थामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस