X (current)

पहिरोका कारण राजमार्ग पुन अवरुद्ध

  Bikaspost   2 July, 2023


मुग्लीन ।  नारायण्गड मुग्लीन सडक खण्डमा पर्ने ३ नम्वर पुल नजिकै गएको पहिरोका कारण राजमार्ग पुन अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालीका वडा नम्वर ५ मा पर्ने सो स्थानमा गए राति ११ बजे खसेको पहिरोको कारण सडक अवरुद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाकारी दिईएको छ । पहिरो निकै ठुलो भएको खोल्न समय लाग्ने प्रहरीको भनाई छ । पहिरोका कारण सयौ राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिएका सयौ सवारकिा साधनहरु मेग्लीन बजार क्षेत्रमा रोकिएका छन् । सडक कहिलेसम्म खुल्ने भन्ने एकन नभएका कारण सो राजमार्ग भएर देखका पुर्वी भाग जान निश्कीएका यात्रुहरुलाई अन्यत्र बैकल्पीक सडक प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस